काठमाडौैं । पछिल्लो समय ठमेलस्थित होराइजन स्पाले धेरैको ध्यान आफूतिर खिचेको छ । कर्मचारी सञ्चय कोष ठिक अगापट्टि राष्ट्रिय वाणिज्य बैंक रहेको भवनको पाँचौ तल्लामा खुलेको स्पामा बसाइ आनन्ददायक भएकाले पनि नेपालका चर्चित व्यक्तिहरूको भिड लाग्ने गरेको छ । खासगरी सार्वजनिक बिदाका दिनमा भने यहाँ धेरै ठूलो भिड लाग्ने गर्छ ।
साउना बाथ, स्टिम बाथ, ज्याकुजी, मसाजलगायतका सेवा पाइने होराइजन स्पामा पार्किङ शुल्कसमेत लाग्दैन । ठमेल जस्तो पर्यटकले भरिभराउ हुने क्षेत्रमा पार्किङ शुल्क निःशुल्क रहेकाले पनि यहाँ टाढाटाढाबाट साउना बाथ, स्टिम बाथ, ज्याकुजी, मजासलगायतका सेवा लिन आउनेको संख्या बढ्दै गएको होराइन स्पाका सञ्चालक सन्तोष सेन बताउँछन् । खासगरी ज्याकुजीको कुण्डभित्र पानीमा धेरैबेरसम्म सेवाग्राही बस्न मन पराउने गरेको उनको भनाइ छ ।
ठमेल क्षेत्रमा धेरै किसिमका स्पा, मसाज सेन्टर खुलेका छन् । कतिले त स्वदेशी र विदेशी पर्यटकलाई राम्रो सेवा दिन नसकेको गुनासो आउने गरेको छ । तर होराइजन स्पामा भने नेपालका चर्चित कलाकार, व्यापारी, पत्रकार पुग्ने गरेका छन् । ‘होराइजन स्पामा साउना बाथ, स्टिम बाथ, ज्याकुजी, मजासलगायतका सेवा साह्रै राम्रो भएकाले म हरेक शनिबार आउने गर्छु,’ कोटेश्वरका श्याम मानन्धरले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।