सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

सिट बाँडफाँटमा कांग्रेसभित्रै विवाद, के हो कारण? 

सिट बाँडफाँटमा कांग्रेसभित्रै विवाद, के हो कारण? 

  • मिडिया डबली
  • शनिवार, भाद्र ११ २०७९

  • 3.0K
    SHARES

  • सिट बाँडफाँटमा कांग्रेसभित्रै विवाद, के हो कारण? 

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र सिट बाँडफाँड कार्यदलका संयोजक कृष्ण सिटौला बीचमा कांग्रेसले कति सिट पाउने भन्‍ने मा एकमत छैन। कांग्रेसका तीन नेताहरु तीनतिर देखिएपछि अन्य दलका नेताहरुलाई समेत सिट संख्यामा कांग्रेसको आधिकारिक धारणा के हो भन्‍नेमा अन्योल छ।

    कार्यदलका एक सदस्यका अनुसार कार्यदलको बैठकमा नै सभापति देउवा, महामन्त्री थापा र कार्यदलका संयोजक सिटौलाबीच नै कांग्रेसले कति सिट पाउने भन्‍नेमा समान धारणा छैन।

    प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा ८० सिटको हाराहारी कांग्रेसका उम्मेदवार हुने गरी सहमति गर्ने पक्षमा देखिएका थिए। महामन्त्री थापाले सय सिटभन्दा तल सहमति गर्नै नसक्ने कार्यदलको बैठकमा स्पष्ट रुपमा  आफ्नो धारणा राखेका छन्। तर, कार्यदलका संयोजक सिटौलाले सभापति देउवा र महामन्त्री थापाभन्दा फरक प्रस्ताव छ। सिटौलाले देउवाले राखेको प्रस्तावभन्दा धेरै र थापाले भनेको भन्दा कम संख्यामा प्रस्ताव अगाडि सारेका छन्। सिटौलाले कांग्रेसका भागमा ९० सिटको प्रस्ताव अगाडि सारेको कार्यदलमा रहेका एक सदस्यले जनाकारी दिए। 

    महामन्त्री थापाले कार्यदलको बैठकमा नै पार्टीभित्रको असन्तुष्टिले निर्वाचन परिणाममा असर पर्ने तथ्य पेश गरेका थिए। कांग्रेसलाई सिट संख्या कम हुँदा त्यसको नकरात्मक असर परिणाम पर्ने उनको तर्क छ। थापाले तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलमा कांग्रेसको लागि सय सिटलाई बटमटाइन बनाउनुपर्ने प्रस्ताव राखेका थिए। थापाले कार्यदलको बैठकमा मात्र होइन सार्वजनिक रुपमा पनि सय सिटमा कांग्रेसको दाबी रहेको बताउँदै आएका छन्। 

    कार्यदलका संयोजकसमेत रहेका नेता कृष्णप्रसाद सिटौला ८८ देखि ९० सिटमा कांग्रेसको दाबी सत्तारुढ कार्यदलको बैठकमा पेश गरेका थिए। ८८ देखि ९० सिट कांग्रेसले पाउदा सभापति देउवा र महामन्त्री थापा दुवैलाई मनाउन सकिने प्रस्ताव कार्यदलमा गरेका थिए। कांग्रेसले सय सिट पनि पाउन नसक्ने तथा ८० भन्दा माथि हुने सम्भावनालाई ध्यानमा राखि उनले मध्यमार्गी प्रस्ताव अघि सारेका हुन्। ८८ बाट केही क्षेत्र थपघट हुने आशय सहित उनको प्रस्ताव आएको छ।

    सभापति देउवाको मुख्य चासो भनेको कांग्रेसले कति सिट पाउछ भन्‍नेभन्दा गठबन्धन कसरी टिकाउन सकिन्छ भन्‍ने ध्याउन्‍न रहेको कांग्रेसका नेताहरुले बताएका छन्। गठबन्धन टिकाउनका लागि देउवा भने बढी सिट दाबी नगरी कांग्रेस लचिलो हुनुपर्ने पक्षमा छन्। कांग्रेस लचक हुने संकेत उनले सार्वजानिक रुपमा नै व्यक्त गरिसकेका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend