सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसले लियो लोकप्रिय निर्णय, देशैभर खुसियाली 

कांग्रेसले लियो लोकप्रिय निर्णय, देशैभर खुसियाली 

  • मिडिया डबली
  • शनिवार, भाद्र ११ २०७९

  • 45.5K
    SHARES

  • कांग्रेसले लियो लोकप्रिय निर्णय, देशैभर खुसियाली 
    फाइल तस्वीर

    काठमाडौं । नपाली कांग्रेसले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित नेताहरुलाई पुनः समानुपातिकतर्फ उम्मेदवार बन्‍न नपाउने जनाएको छ। कांग्रेसले तल्ला तहका समितिहरुलाई उम्मेदवारहरुको नाम सिफारिस गर्दा ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ सिफारिस नगर्न निर्देशन दिएको छ।

    महामन्त्री गगन थापाले ७७ वटै जिल्ला कार्यसमिति, १६५ वटै क्षेत्रीय कार्यसमिति र ३३० प्रदेश कार्यसमितिलाई पठाएको परिपत्रमा समानुपातिकतर्फ ०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवार बनाउन सिफारिस नगर्न पार्टी विधानको व्यवस्थाबमोजिम निर्देशन दिएका हुन्।

    कांग्रेस विधानको नवौं संशोधनले पार्टीको विधानमै एकपटक समानुपातिकतर्फ निर्वाचित सदस्यले पुनः सोही निर्वाचन प्रणालीमा उम्मेदवार नै बन्न नपाउने व्यवस्था गरेको हो। विधानको धारा ३३ मा भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा र प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन।’

    अब समानुपातिक सांसद बन्‍न नपाउने नेताहरु

    रगंमती शाही

    पद्म नारायण चौधरी

    मीना पाण्डे

    डिला संग्रौला

    पुष्पा भुषाल गौतम

    सुजाता कोइराला

    राम बहादुर बिष्ट

    सुर्य वहादुर केसी

    सत्यनारायण खनाल

    किशोर सिंह राठैर

    दिलेन्द्र प्रसाद वडू

    बालकृष्ण खाँण

    मिना सुब्बा

    महेन्द्र कुमारी लिम्बु

    प्रमिला राई

    ज्ञानकुमारी छन्त्याल

    दिव्यमणी राजभण्डारी

    जीप छिरीगं लामा

    लालकाजी गुरूगं

    उमेश श्रेष्ठ

    कर्मा घले

    बहादुर सिंह लामा

    हिरा गुरूगं

    सर्वत आरा खानम

    अतहर कमाल मुसलमान

    मिनाक्षी झा

    चित्र लेखा यादव

    सीता देवी यादव

    नागेन्द्र कुमार राय

    स्मृति नारायण चौधरी

    विनोद कुमार चौधरी

    विमला नेपाली

    लक्ष्मी परियार सेवा

    सुजाता परियार

    प्रकाश रसाइलि स्नेही

    मिन बहादुर विश्वकर्मा

    मान वहादुर विश्वकर्मा

    नमिता कुमारी चौधरी

    पार्वता डि.सि. चौधरी

    उमा रेग्मी

    प्रदेश १ मा १३ जना

    शेखर चन्द्र थापा

    चन्द्र प्रसाद श्रेष्ठ

    ज्योती सुब्बा

    लिला सुब्बा

    लोक प्रसाद संग्रौला

    सन्जा कुमारी दनुवार

    विध्यानन्द् चौधरी

    प्रताप प्रकाश हाङगाम

    ओम सरावगी

    कल्पना कुमारी सरदार

    नवोदिता कुमारी चौधरी

    विन्दीया कार्की

    शान्ता पौडेल

    मधेस प्रदेशमा ११ जना

    सरस्वती चौधरी

    नरेश कुमार यादव

    ओम प्रकाश शर्मा

    शिवचन्द्र चौधरी

    श्याम परि देवी

    आशिया देवी थरूनी

    शेष रसीद अली

    मंजु कुमारी यादव

    गीता कुमारी यादव

    शोभा कुमारी लामा

    प्रमिला देवी दास

    वाग्मती प्रदेशमा १४ जना

    मिलन श्रेष्ठ 

    राजेन्द्र गुरुङ्ग

    न्हुच्छे नारायण श्रेष्ठ

    सन्त बहादुर प्रजा

    राधा घले

    जीवन डंगोल

    कल्पना नेपाली

    रजनी जोन्छे

    राजाराम कार्की

    बलराम पौडेल

    भिमसेन खत्री

    गिता वाग्ले

    बिजुला वर्मा

    विजया श्रेष्ठ केसी

    गण्डकी प्रदेशमा ९ जना

    दोवाटे विश्वकर्मा

    कुमार खड्का

    कोपीला बोहोरा

    ओमकला गौतम

    मणीभद्र शर्मा कंडेल

    मन कुमारी गुरूगं

    सरीता गुरुङ्ग

    ललितकला गुरुङ्ग

    मेखलाल श्रेष्ठ

    लुम्बिनी प्रदेशमा १२ जना

    भुवनेश्वर चौधरी

    रमा अर्याल

    निर्मला क्षेत्री

    बलदेव शर्मा पेखरेल

    अर्जुन कुमार श्रेष्ठ

    पुष्पा थरूनी

    मो.याकुव अन्सारी

    शान्तिदेवी वर्मा सोनार

    रून्धावती दुवे शर्मा

    रिना नेपाल वि.क.

    माला गोतामे सुनार

    बिरवहादुर राना

    कर्णाली प्रदेशमा ५ जना

    अमृता शाही

    हिम वहादुर शाही

    यज्ञ बहादुर बीसी

    दिनवन्धु श्रेष्ठ

    झोवा वि.क.

    सुदुरपश्चिम प्रदेशमा ८ जना

    दीव्यश्वरी शाह

    देवराज पाठक

    गोविन्द वोहरा

    अम्वि कुमारी थापा

    कुमारी नन्दा बम

    श्याम लाल राना

    टेक वहादुर रैका

    उमा वादी

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend