बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

जनआस्थालाई मोटो रकम दिएको विषय राष्ट्र बैंकको छानबिन दायरामा

जनआस्थालाई मोटो रकम दिएको विषय राष्ट्र बैंकको छानबिन दायरामा

  • मिडिया डबली
  • बिहिवार, भाद्र ९ २०७९

  • 3.0K
    SHARES

  • जनआस्थालाई मोटो रकम दिएको विषय राष्ट्र बैंकको छानबिन दायरामा

    काठमाडौं - पत्रकार आचारसंहिताअनुसार समाचारलाई विज्ञापन वा आर्थिक लेनदेनको माध्यम बनाउन मिल्दैन । तर, नेपालका वरिष्ठ पत्रकारहरू नै मन पराउञ्जेल र विज्ञापन दिइञ्जेल गुनागानमा उत्रिने, विज्ञापन रोके चरित्र हत्या वा मानमर्दनमा ओर्लिने गरेका उदाहरण धेरै छन् ।

    पछिल्लो समय नेपालको दैनिक पत्रपत्रिका पनि यो हदसम्म ओर्लिने गरेका छन् । नेपाल प्रेस काउन्सिल पत्रकार र मिडियाको अनुगमन गर्ने नियामक निकाय हो ।

    समाचार लेखेकै आधारमा कसैको प्रतिष्ठामाथि आँच आएमा, चरित्र हत्या भएमा, मानमर्दन वा पारिवारिक सम्बन्धमा असर पुगेमा पीडितले उजुरी दिए प्रेस काउन्सिलले स्पष्टीकरण सोध्छ । चित्त नबुझे कारबाही गर्छ । कानुनी कारबाहीका लागि अदालतलाई सिफारिस गर्छ ।

    तर, त्यही प्रेस काउन्सिलको नेतृत्वमा बसेका वरिष्ठ पत्रकारहरू नै पत्रकार आचारसंहिताविपरीत कार्यमा ओर्लिने गरेका छन् । विज्ञापन दिइञ्जेल चुप लाग्ने, रोकिए मानमर्दन वा व्यक्ति तथा संस्थाकै विरुद्धमा लाग्ने गरेका छन् ।

    यसमध्येमा सबैभन्दा अगाडि साप्ताहिक पत्रपत्रिकाका सम्पादक प्रकाशकहरू पर्ने गरेका छन् । उनीहरू प्रेस काउन्सिलकै नेतृत्वमा रहँदा पनि उजुरी पर्ने गरेको पाइएको छ । साप्ताहिक पत्रिका जनआस्थाका प्रकाशक तथा सम्पादक किशोर श्रेष्ठ यसमा सबैभन्दा अगाडि पर्छन् । उनी प्रेस काउन्सिल नेपालको सदस्य, महासचिव हुँदै लामो समय कार्यबाहक अध्यक्षको जिम्मेवारीमा रहे ।

    तर, उनीविरुद्ध नै जनआस्थामा छापिएका समाचारले आफ्नो चरित्र हत्या र मानमर्दन, इज्जत प्रतिष्ठामा आँच पुगेको भन्दै काउन्सिलमै उजुरी पर्ने गरेको थियो । वरिष्ठ पत्रकार श्रेष्ठले हरेक समाचारलाई आर्थिक उपार्जनको माध्यम बनाउने गरेको आरोप लाग्ने गरेको छ ।

    खासगरी उनले जनआस्था पत्रिका र जनआस्थाकै न्युज पोर्टलमा विज्ञापन नदिने घरानिया कम्पनीविरुद्ध समाचार लेख्ने गरेको उद्योगी व्यवसायीको गुनासो छ । किशोर श्रेष्ठले देशका ब्यापारिक घराना र प्रमुख बैंकहरूबाट धम्कीको भरमा पैसा असुल्दै आएको चर्चा बजारमा सर्वत्र बनिरहेको छ । उनले नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, एनसिसी बैंकबाट मासिक मोटो रकम असुल्दै आएको डाटा राष्ट्र बैंकमा समेत छलफलको विषय बनेको छ ।

    राष्ट्र बैंकले फेजआउट भइसकेको साप्ताहिक पत्रिका जनआस्था र उसको अनलाइनलाई बैंकहरूले किन यति धेरै रकम दिएको भनेर ती बैंकका सिईओहरुलाई प्रश्न गरेको छ । बैंकको बोर्ड मिटिङमा समेत जवाफ दिनुपर्दा सिईओहरु हैरान छन् ।

    राष्ट्र बैंकको तल्लो तहका कर्मचारीका रुपमा एमाले निकट ट्रेड यूनियनको राजनीति गरेका र आफ्नै पार्टीका गभर्नर डा. युवराज खतिवडालाई समेत आफ्नो वित्तीय लाभका लागि धम्काएका कारण कारबाहीमा परेका राजेन्द्र रिमाललाई जनआस्था डटकमको सम्पादक बनाएर बैंकिङ क्षेत्रसँग ब्ल्याकमेलिङ तीव्र पारिएको विषय बैंकर्स एसोसिएसनको मिटिङमा समेत उठेको छ ।

    रिमाल राष्ट्र बैंकको कर्मचारी रहँदा ट्रेड युनियनको नाममा पैसा उठाएर दुरुपयोग गरेका कारण पार्टीभित्रैबाट कारबाहीमा परेका थिए । त्यसका अलावा जनआस्थाले देशका व्यावसायिक घराना, डिस्टिलरी, अस्पताल र दुई नम्बरी कारोबार गर्नेहरूसँगबाट पनि धम्कीको भरमा पैसा उठाइरहेको चर्चा बजारमा ब्यापक छ ।

    धम्कीका भरमा विज्ञापन लिने, विज्ञापन दिइञ्जेल केही नलेख्ने अनि एग्रिमेन्ट सकिएपछि सोही कम्पनीका विरुद्ध हात धोएर लाग्नुले पत्रकारिता आचारसंहिताकै धज्जी उडाएको नेपाली पत्रकारितामा चर्चा छ ।

    पत्रकार श्रेष्ठको नेपालका वरिष्ठ नेताहरू, उद्योगपति, कर्मचारी, कानुन व्यवसायी सबैसँग राम्रो सम्बन्ध छ । तर, साना साना विषयमा धैर्य राख्न नसक्दा पछिल्लो समय उनले धेरैलाई गुमाउँदै आएका छन् ।

    श्रेष्ठको एमाले अध्यक्ष केपी ओलीसँग निकै राम्रो सम्बन्ध थियो । तर, पछिल्लो समय ओली र श्रेष्ठको सम्बन्ध बिग्रिएको छ । ओलीलाई प्रधानमन्त्रीबाट हटाउन श्रेष्ठले जनआस्थामा धाराबाहिक समाचार लेखेको भन्दै बालकोट चिढिएको छ । सोही कारण अहिले ओली जनआस्था र श्रेष्ठको नामै सुन्न नचाहने बालकोट स्रोतले बतायो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ९ २०७९०२:५४:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend