सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसलाई ७२ सिट दिएर बाँकी सबै लिने प्रचण्ड–माधवको दाउ

कांग्रेसलाई ७२ सिट दिएर बाँकी सबै लिने प्रचण्ड–माधवको दाउ

  • मिडिया डबली
  • मंगलवार, भाद्र ७ २०७९

  • 12.2K
    SHARES

  • कांग्रेसलाई ७२ सिट दिएर बाँकी सबै लिने प्रचण्ड–माधवको दाउ

    काठमाडौं - आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसमाथि ठूलो घात गर्ने देखिएको छ ।

    कांग्रेसलाई कुनै पनि हालतमा ठूलो शक्ति बन्न नदिन प्रचण्ड र माधवले बाबुराम भट्टराई र वामदेव गौतमको पार्टीसँग एकताको प्रयास गरेका छन् । त्यसका लागि मोटामोटी सहमतिसमेत गरिसकेका छन् ।

    एउटै घोषणापत्रमा निर्वाचन लड्ने र निर्वाचनपछि एकता गर्ने गरी अहिले एकता संयोजन समिति बनाउन उनीहरूबीच सहमति बनिसकेको छ ।

    सोमबार मात्रै आगामी निर्वाचनमा साझा घोषणापत्र र एकता संयोजन समिति बनाउन माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताबीच सहमति बनेको छ ।

    माओवादी अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष नेपालबीच साझा घोषणापत्र र संयोजन समिति बनाउने सहमति भएको हो । माओवादीको चिह्नबाट आगामी निर्वाचन लड्ने सहमति गरेका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पनि साझा घोषणापत्र र एकता संयोजन समितिका लागि तयार छन् ।

    एकीकृत समाजवादीको गत १ भदौको सचिवालय बैठकले पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रले स्थानीय निर्वाचनअघि नै पार्टी एकता गर्न चाहेको थियो ।

    दुवै दल आगामी निर्वाचनपछि एकतामा जान सहमत छन् । तर, त्यो चुनावी परिणाममा भर पर्नेछ । माओवादी र एकीकृत समाजवादीले छुट्टाछुट्टै घोषणापत्र मस्यौदा समिति गठन गरिसकेका छन् ।

    दुवै समितिले आवश्यक गृहकार्य गरेर संयुक्त रूपमा घोषणापत्र तयार पार्ने नेताहरूले बताएका छन् । माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम रम्तेल, अमृता थापा, हरि रोका, जाकिर हुसेन, कृष्ण चौधरी, परशुराम तामाङ, भीमा ढुंगाना र जगत सिंखडा रहेको घोषणापत्र मस्यौदा समिति बनाएको छ ।

    समाजवादीले उपमहासचिवत्रय गंगालाल तुलाधर, विजय पौडेल र प्रकाश ज्वाला सम्मिलित तीन सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।

    प्रचण्ड र माधव नेपालले कांग्रेसलाई ७२ सिट दिने प्रस्ताव गरेका छन् । २०७४ को निर्वाचन परिणामअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ हाल गठबन्धनमा रहेका पाँच दलसँग ८३ र गठबन्धनबाहिरका ८२ सिटमध्ये कांग्रेसले ६० प्रतिशत अर्थात् ४९ र अन्य चार दल ४० प्रतिशत अर्थात् ३३ सिटमा चुनाव लड्ने उनीहरूको प्रस्ताव छ ।

    यो प्रस्ताव मनाउन सकिए कांग्रेस ०७४ का २३ र अहिले ४९ थपेर ७२ सिटमा चुनाव लड्ने, अन्य चार दल ०७४ का ६० र अहिले ३३ थपेर ९३ सिटमा प्रतिस्पर्धा गर्ने प्रचण्ड र माधवको दाउ छ । तर, कांग्रेस ०७४ मा गठबन्धनमा रहेका दलहरूले जितेका सबै सिट छाड्न तयार छैन ।

    आफ्ना सिट आफैँले पाउनुपर्ने अन्य चार दलको अडान कायमै छ । प्रत्यक्षतर्फका १६५ मध्ये ८५ आफूले राखेर अरूलाई ८० सिट दिने कांग्रेसको तयारी छ ।

    कांग्रेसले आफ्ना दशौं हजार मत खसाएर गठबन्धनलाई जिताउनुपर्ने, तर उनीहरूको हजार दुई हजार मतमै भर पर्नुपर्ने भएकाले पनि कांग्रेसमा प्रचण्ड र माधवले जे जे भन्यो त्यसमा सहमति नगर्न दबाब बढेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend