सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

प्रदेश सभा सदस्य हुने दौडमा युवा नेता भट्टराई

प्रदेश सभा सदस्य हुने दौडमा युवा नेता भट्टराई

  • मिडिया डबली
  • सोमवार, भाद्र ६ २०७९

  • 7.4K
    SHARES

  • प्रदेश सभा सदस्य हुने दौडमा युवा नेता भट्टराई

    अमरराज नहर्की

    तनहुँ । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री तथा युवा नेता दीपक भट्टराई तनहुँबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा जुटेका छन्। पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व गर्दै उनी आगामी मंसिर ४ गते हुने निर्वाचनमा क्षेत्र नं १ को प्रदेश सभा सदस्यमा उम्मेदवार हुने तयारीमा जुटेका हुन्।  आफ्नै कला, मेहनत र परिश्रमले राजनीतिक छलाङ मारेको व्यक्ति हुन्, नेता भट्टराई ।

    जुझारु नेता भट्टराई नेवि संघको महामन्त्री, महाधिवेशन प्रतिनिधिको हैंसियतमा लगनशिलता कार्यकुशलता, निष्ठा, इमान्दार र कर्तव्यनिष्ठ मानिन्छन्। उनलाई प्रदेशको निर्वाचनमा पार्टीको तर्फबाट सबैभन्दा लोकप्रिय नेताका रुपमा हेरिएको छ। जिल्लामा सबैले उनको उम्मेदवारीलाई स्वभाविक रुपमा समेत लिएका छन् । 

    युवाको भविष्यको लागि, मुलुकको समृद्धि, तनहुँको परिवर्तन र प्रगतिको लागि आफनो उम्मेदवारी भएको नेता भट्टराई बताउँछन्। देशको नेतृत्व तनहुँले गर्नुपर्ने र तनहुँको नेता हाम्रो भिरपाखाको मात्रै हैन देशकै नेता बन्नुपर्ने भट्टराई बताउँछन्।  ‘हामी हाम्रो भुगोलसँगै समग्र देशको विकास गछौं’ भट्टराईले भने, ‘अबको नेपाल कस्तो बनाउनु पर्छ भन्ने सुरुवात तनहुँबाट गर्नुपर्छ त्यसको लागि मेरो उम्मेदवारी दाबी हो।’  

    हिजो गुजरातमा गरेको विकासका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोकप्रिय भएझैं तनहुँमा नमुना काम गरेर देशकै नेता हुन सक्नुपर्ने भट्टराई बताउँछन्। ‘२१ औं शताब्दी नेपाल कस्तो हुनुपर्छ भन्ने सुरुवात आफैबाट गर्न चाहन्छु भट्टराईले भन्नुभयो युवासँग क्षमता र सामर्थ छ तर सोच नभएकोले पछि परेका छौं । अब केवल आफ्नो बारेमा सोच्ने नेता हैन, आफू धनी हुने नेता हैन नेपाललाई धनी बनाउने नीति चाहिएको छ,’ उनले भने। 

    राजनीतिक पार्टीसँग जनता खुसी नभएको अवस्थामा जनताको मुहारमा खुसी ल्याउने काममा आफूहरु क्रियाशील हुने प्रतिवद्धता उनले जनाए।  ‘अहिले हामी गरिव राष्ट्रमा छौं, विगतमा हामी धनी र आत्मनिर्भर थियौं । हामी जन्मिदै गरिब थिएनौं  विस्तारै विस्तारै गरिब भएका हौं यसको प्रमुख कारण हाम्रा  नेतालाई आज सम्म पनि देश कसरी धनी हुन्छ भन्ने नीति थाहा नभएकोले गरीव भएका हौं,’ उनले भने ।  सुरुमा हामी अव कृषिमा आत्मनिर्भर बन्नुपर्छ विस्तारै राजनीतिमा पनि आत्मनिर्भर बन्दै जानुपर्ने भट्टराईको भनाइ छ। 

    २०५२ सालको शिक्षा सेवा आयोगमा निमावि तहको नाम निकालेर पनि अन्तरवार्ता नदिइ राजनीतिमा होमिएका थिए, भट्टराई । राजनीतिको माध्यमबाट देश परिवर्तन गर्न लागेको उनको भनाइ छ।  भट्टराई हाल त्रिभुवन विश्वविद्यालयबाट द्धन्द्ध व्यवस्थापन विषयमा विद्यावारिधी (पीएचडी) गर्दै छन.। 

    को हुन् दीपक भट्टराई ?

    भट्टराई विद्यालय जीवनदेखि नेविसंघमा आवद्ध भई सक्रिय राजनीतिमा होमिएका थिए।  उनी मात्रै होइन भट्टराई परिवारको तीन पुस्ता नै तनहुँको राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील छ । हजुरबुबा बलराम भट्टराई शास्त्री तनहुँ जिल्लामै शास्त्री (स्नातक) गर्ने पहिलो व्यक्ति थिए। जिल्लामा शास्त्री गर्ने पहिलो व्यक्ति भएकोले नै उनले नामको पछाडि भट्टराई शास्त्री लेख्थे। उनी २०२५ सालमा खुलेको दमौलीस्थित निर्मल माध्यमिक विद्यालयको संस्थापक प्रधानाध्यापक भएका थिए।  मावि तहको प्रअ हुन स्नातक गरेको हुनुपर्ने तर अन्य व्यक्तिको यस्तो योग्यता नपुगेपछि बलराम भट्टराई शास्त्रीलाई नै प्रअ बनाएर विद्यालय सञ्चालन गरिएको थियो ।

    व्यास नगरपालिका–११ फराकचौरमा वाराही माध्यामिक विद्यालय स्थापनामा समेत शास्त्रीको ठुलो योगदान थियो । शास्त्री तत्कालीन फराकचौर (दमौली) पञ्चायतको दुई पटक प्रधानपञ्च बनेका थिए।  सरकारी सेवामा निर्वाचन आयुक्तको जिम्मेवारीबाट राजिनामा दिएर शास्त्री समाजसेवा प्रवेश गरेका थिए।  उनकै कार्यकालमा दमौलीको बजारको नमुना डिजाइन र प्लानिङ गरिएको थियो । भट्टराईको बुबा श्रीराम भट्टराईको राजनीतिमा ठुलो योगदान छ । बीपी कोइरालाको प्रेरणाले राजनीतिमा लाग्नु भएका उनी राजद्रोह मुद्धामा २०२९ साल माघ २२ गतेबाट ठीक दुई वर्ष कास्की कारागारमा बुसेका थिए।  उनले एक वर्ष भूमिगत जीवन विताएर  बुबा श्रीराम भट्टराई नेपाल तरुण दलको जिल्ला सदस्य समेत बनेका थिए।  उनले निर्मल माध्यमिक विद्यालयमा लामो समयसम्म शिक्षण समेत गरे।  

    भट्टराई २०६२–०६३ को लोकतान्त्रिक आन्दोलनदेखि विभिन्न विद्यार्थी आन्दोलनमा दजनौं पटक लाठा, भाटा खाने र शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो  । काँग्रेसको १४ औं महाधिवेशनमा उहाँ केन्द्रीय सदस्यको प्रत्यासी थिए। भट्टराईले त्रिचन्द्र क्याम्पसमा इकाई सदस्य बनेर आफ्नो राजनीतिक कर्मलाई अगाडी बढाएका थिए। ् २०५५ सालमा गगन थापा सभापति हुँदा सो क्याम्पसमा युनियन सहसचिव भएका थिए। त्रि–चन्द्र क्याम्पसमा नेविसंघले अन्याय गरी टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र भई लडेर २०६२ सालमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए।  त्यसपछि २०५७ र २०६० नेविसङ्घको केन्द्रीय सदस्य भए।  युवा नेता भट्टराई काँग्रेसको १३ औं र १४ औं महाधिवेशनमा तनहुँबाट भारी मतमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए। 

    त्रिचन्द्र कलेजको सुधारदेखि, त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थी हकहितको पक्षमा उहाँले धेरै नीतिगत लडाइमा उनको योगदान छ। ‘हिजो व्यवस्था परिवर्तनको लगि लडें, अब अवस्था परिवर्तनको लागि लडेको छु’ भट्टराईले भने, ‘शिक्षा परिवर्तनको आधार हो, समृद्धिको आधार हो, शिक्षा नै विकासको मेरुदण्ड हो।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ६ २०७९०९:४१:३३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend