बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

एक पत्रिकाको सनकले श्रृषा कार्कीको इहलीला समाप्त, कारण अझै गुप्तमै

एक पत्रिकाको सनकले श्रृषा कार्कीको इहलीला समाप्त, कारण अझै गुप्तमै

  • मिडिया डबली
  • सोमवार, भाद्र ६ २०७९

  • 4.5K
    SHARES

  • एक पत्रिकाको सनकले श्रृषा कार्कीको इहलीला समाप्त, कारण अझै गुप्तमै

    काठमाडौं । चर्चित गायक कुल पोखरेल, गायिका योगिता मोक्तान, यम बुद्ध, निर्देशक आलोक नेम्वाङ, नायिका जेसिका खड्का जसले हठात् आफ्नो जीवन आफैले समाप्त गरे । तर, नेपाली सिने क्षेत्रमा सनसनीपूर्ण आत्महत्या गर्ने अभिनेत्री श्रृषा कार्कीको आत्महत्याको रहस्या अहिलेसम्म सुल्झिएको छैन । 

    १७ वर्षअघि आत्महत्या गरेकी अभिनेत्री कार्कीले जनआस्था साप्ताहिक पत्रिकामा छापिएको नग्न तस्बिरले अपमानित भएको महसुस गरेर आत्महत्या गरेको भनिन्छ । एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी कार्कीको आत्महत्याको वास्तविक कारण अहिलेसम्म खुल्न सकेको छैन ।

    ‘घामछायाँ’ सिनेमामा दिनेश डिसीको अपोजिटमा खेलेकी श्रृषालाई भविष्य बोकेकी अभिनेत्री भनिन्थ्यो । तर, उनले कलिलै उमेरमा आफ्नो जीवनलीला समाप्त पारिन् ।

    त्यसबेला निर्मात्री तथा अभिनेत्री सुनिता खड्का पनि श्रृषा हत्या घटनामा मुछिएकी थिइन् । सुनिता ‘बेहुली’ चलचित्रकी अभिनेत्री पनि हुन् । सुनिता र जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठबीचको झगडाकै कारण श्रृषाले आत्महत्या गरेको समाचार आएको थियो । सुनितामार्फत किशोरले श्रृषाको नग्न तस्बिर पत्रिकामा प्रकाशित गरेको र त्यसकै कारण उनले आत्महत्या गरेको बताइए पनि भित्री कारण अझै खुलेको छैन । यो घटना त्यतिकै सामसुम पारिएको छ । राजनीतिक शक्तिका आडमा श्रेष्ठलाई त्यतिबेला प्रशासनले उन्मुक्ति दिएको पत्रकारहरु नै बताउँछन् ।

    श्रेष्ठ एमाले निकट प्रेस चौतारीका संस्थापकमध्ये पर्छन् । उनी नेपाल प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष, महासचिव, सदस्य भएर लामो समय नेपाली पत्रकारिता क्षेत्रको नियमन गर्ने ठाउँमा बसे । तर आफ्नै पत्रिकामा भने उनले पत्रकारिता आचारसंहित विपरीतको सामग्री प्रकाशन गर्दै आएको धेरैको भनाइ छ । उनको पत्रिकामा धेरैजसो सेना, प्रहरी, नेताहरूको व्यक्तिगत जीवनसम्बन्धी समाचार आउने गर्छ । जनआस्थामा आएका समाचारका कारण धेरैको घर भाँडिने गरेको छ । एमालेबाट विरक्त भएका श्रेष्ठ पछिल्लो समय एकीकृत समाजवादी निकट छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ६ २०७९०९:०५:२१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend