बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

दुई ठूला हाकिमको सरुवा, को–कहाँ? 

दुई ठूला हाकिमको सरुवा, को–कहाँ? 

  • मिडिया डबली
  • आइतवार, भाद्र ५ २०७९

  • 3.7K
    SHARES

  • दुई ठूला हाकिमको सरुवा, को–कहाँ? 

    काठमाडौं । सरकारले दुई सचिवको सरुवा गरेको छ।  संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयको सचिवमा अर्जुन पोख्रेलको सरुवा भएको छ। त्यसैगरी, सरकारले संघीय मन्त्रालयमा सचिव रहेका सुरेश अधिकारीको पर्यटन मन्त्रालयमा सरुवा गरेको छ। 

    पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपाने उमेरहदका कारण अवकाश पाएपछि पद रिक्त थियो। मन्त्रिपरिषद् बैठकले दुई साताअघि पोख्रेल र अधिकारीको सरुवाका सम्बन्धमा निर्णय लिएपनि त्यसले औपचारिकता पाएको थिएन।

    स्रोतका अनुसार मुख्यसचिव शंकर दास बैरागीले आइतबार सचिव सरुवालाई औपचारिकता दिएका हुन्। दुवै सचिवले आजै सरुवापत्र समेत बुझिसकेका छन्।

    उद्योग मन्त्रालयमा सचिव रहेका पोख्रेल दुई साताअघि प्रधानमन्त्री कार्यालयमा जगेडामा तानिएका थिए। पोख्रेल साढे दुई वर्षअघि सचिव नियुक्त भएका थिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र ५ २०७९१०:५०:२६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend