ललितपुर । नेपाली कांग्रेसका लोकप्रिय युवानेता मिनकृष्ण महर्जन सामाजिक कार्यक्रममा निकै व्यस्त देखिन्छन्। गोदावरी नगरपालिका वडा नम्बर ११ स्थित चापागाउँको ऐतिहासिक ईखा पोखरीमा पानीमा माछालाई अक्सिजन कमी भएपछि नेता महर्जनले गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन मार्फत करिब ६० हजार बराबरको पानीमा रहेको फोहर फाल्ने मेसिन हाल्ने काम सम्पन्न भएको छ।
करिब ३ सय बर्ष पुरानो जिर्ण अबस्थामा रहेको उक्त ऐतिहासिक ईखा पोखरी १३ बर्ष अगाडी नेता महर्जनको सक्रियतामा पुनः निर्माण गरिएको थियो। नेता महर्जनको सक्रियतामा पर्यटकिय स्थल बनाउने उदेश्यका साथ उक्त पोखरी भित्र बगैंचा निर्माण गरिएको छ। उक्त ईखा पोखरीको पानीमा जनैपूणिर्माको दिन नेवार समुदायहरुले क्वाटि बनाएर खाने चलन रहेको छ। नेता महर्जनकै नेतृत्वमा पोखरी नजिक रहेको करिब ३ सय बर्ष पुरानो चन्द्र भैरब मन्दिर र गणेश मन्दिर पुनः निर्माण गरिएको थियो। महर्जनकै सक्रियतामा करिब ९ सय बर्ष पुरानो श्री सत्य सिं महाबिहार पनि पुनः निर्माण गर्न लागिएको छ। उक्त बिहार ५ करोड ६० लाख लागतमा पुनः निर्माण हुने छ। स्थानीय लक्ष्मी कर्माचार्य भन्छन्, ‘मीनकृष्ण भाई हाम्रो चापागाउँको लागि शान हो।’ त्यस्तै अर्का स्थानिय गुणदेवी शाक्यले भनिन्, ‘मीनकृष्ण दाईले चापागाउँ बिकासको निमित्त उल्लेखनीय काम गर्दै आउनुभएको छ।’
त्यस्तै स्थानीय राजेन्द्र महर्जनले चापागाउँबासीहरुको सुखदुःख सारथि मीनकृष्ण महर्जन रहेको बताए। ललितपुर क्षेत्र नम्बर–१ का जनतालाई केहि समया पर्दा महर्जनलाई सम्झिने गर्छन् । नेता महर्जनको पहलमा आफ्नो चुनावी क्षेत्रमा बागमती प्रदेशबाट १५ करोड भन्दा बढी बजेट विनियोजन भएको थियो। नेता महर्जन ललितपुर जिल्लामा निकै लोकप्रिय नेताको रुपमा परिचीत छन्। साथै कांग्रेसभित्र प्रभावशाली नेताको परिचय उनले बनाएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।