बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

गृहमन्त्रीका पीएसओ माथि लाग्यो सुन तस्करीको आरोप, लिइयो यस्तो एक्सन 

गृहमन्त्रीका पीएसओ माथि लाग्यो सुन तस्करीको आरोप, लिइयो यस्तो एक्सन 

  • मिडिया डबली
  • आइतवार, भाद्र ५ २०७९

  • 3.4K
    SHARES

  • गृहमन्त्रीका पीएसओ माथि लाग्यो सुन तस्करीको आरोप, लिइयो यस्तो एक्सन 

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणका पीएसओ प्रहरी प्रधान कार्यालय तानिएका छन्। सुन तस्करी प्रकरणमा मुछिएपछि प्रहरी वरिष्ठ नायव निरीक्षक टंक कार्कीलाई हेडक्वार्टर तानेर छानबिन थालिएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए। 

    कार्कीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले डीएसपीको कमाण्डमा समिति बनाएको छ। उनी विरुद्ध प्रहरी महानिरीक्षकको सचिवालयमा उजुरी परेको थियो। 

    उनले सुन तस्करीमा संलग्न व्यक्तिसँग हिरासतबाटै चार लाख रुपैयाँ लिएको आरोप छ। सुन तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरेर गौशाला वृत्तमा राखिएको थियो। 

    असार १६ गते पक्राउ परेका अभियुक्त असार २७ गते छुटेका थिए। दुबईबाट ६ जनाले ५० ग्रामका दरले सुन ल्याएको तर ती एक जनाले मात्रै सम्बन्धित व्यक्तिलाई नदिएपछि उनी पक्राउ परेका थिए। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र ५ २०७९०९:३७:१८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend