काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनमा परिणामतर्फ केन्द्रित भएको छ। सत्ता गठबन्धनले आगामी निर्वाचनमा सिट बाँडफाँट गरेर चुनाव लड्ने भएपछि कांग्रेस परिणाम धेरै ल्याउनेतर्फ केन्द्रित भएको हो।
गठबन्धनका शीर्ष नेताहरुको बैठकले बनाएको सिट बाँडफाँट कार्यदलमा सिटको भागबण्डामा दलहरुले आ(आफ्नो अडान कायम राखेपछि सकस भइरहेको छ। यही समयमा कांग्रेसका प्रवक्ता डा. महतले कांग्रेसले आमनिर्वाचनमा परिणाम धेरै ल्याउने विषयमा पार्टीको ध्यान केन्द्रित रहेको बताएका हुन्।
पार्टी कार्यालय सानेपामा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले भने, ‘गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा कांग्रेसले सिट धेरै लिनेभन्दा पनि परिणाम धेरै ल्याउने विषयमा केन्द्रित गरेको छ। हाम्रो फोकस कति धेरै क्षेत्रमा उम्मेदवारी दिनेभन्दा पनि कति धेरै ठाउँमा हामी परिणाम ल्याउनेमा छ। यो महत्वपूर्ण हो हाम्रा लागि।’
उनले विगतका निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा लड्दा पनि परिणाम कम आएको बताउँदै आगामी निर्वाचन कांग्रेसका लागि परिणामुखी बनाउने बताएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।