सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

तनहुँ–१ मा कांग्रेसका युवा नेता भट्टराई चुनाव लड्ने, पौडेललाई तनाव  !

तनहुँ–१ मा कांग्रेसका युवा नेता भट्टराई चुनाव लड्ने, पौडेललाई तनाव  !

  • मिडिया डबली
  • शनिवार, भाद्र ४ २०७९

  • 3.3K
    SHARES

  • तनहुँ–१ मा कांग्रेसका युवा नेता भट्टराई चुनाव लड्ने, पौडेललाई तनाव  !

    दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो वडाबाट आगामी संसदीय निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

    बाक्लो उपस्थितीकाबीच आफ्नो वडा व्यास ११ मा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो १ नम्बर क्षेत्रमा कांग्रेसबाट संघको उम्मेदवार हुन चाहेको घोषणा गरे । यो आफ्नो वार्ड पनि हो । अहिले धेरै काम गरेको छु, उनले भने यो क्षेत्र विकासको सबै जिम्मा म लिनेछु । 

    नयाँ विचार र योजना भएकालाई टिकट दिए तनहुँभर जित

    देशैभर नयाँ अनुहारले चुनाव जित्ने प्रवृत्ति स्थानीय तह निर्वाचनमा देखिएको भन्दै उनले भने नयाँ मानिस, विचार, योजना र कार्यक्रमको खोजी देशले गरेको  बताए। उनले कांग्रेसको झण्डा देशैभर फहराउन पनि नयाँ सोच, कार्यक्रम, योजना र दृष्टिकोण भएकालाई स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताए । 

    ‘पुरानालाई समानुपातिकमा अनि नयाँलाई उम्मेदवार बनाएर उनीहरुको संघर्ष, ज्ञान, क्षमता र समर्पण र त्यागलाई व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

    उनले नयाँ सोच, विचार, योजना अनि दृष्टिकोण भएकालाई पार्टीले टिकट दिएमा तनहुँका सबै क्षेत्रमा कांग्रेसको झण्डा फहराउन सक्ने भन्दै कांग्रेस जिताउन लाग्नुपर्ने बताए । 

    विगतमा तत्कालीन एमालेका कृष्णकुमार श्रेष्ठले जितेको क्षेत्रमा अहिले कांग्रेसबाट कसले टिकट पाउला भन्ने चर्चा छ । यस अघि वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सोही क्षेत्रबाट चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

    यस अघि राजधानीमा भएको जिल्लाका केन्द्रीय सदस्य तथा नेताहरुबीचको छलफलका क्रममा केहीले नेता पौडेललाई प्रत्यक्ष चुनाव नलड्न सुझाव दिएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend