काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य लाभको कामना गर्दै नेताहरुले धमाधम सामाजिक संजालमा पोस्ट गरिरहेका छन्। कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य रामहरी खतिवडाले गिरीको स्वास्थ्य लाभको कामना गरेपछि अन्य दलका नेताहरुले पनि स्वास्थ्यलाभको कामना गरिरहेका छन्।
यही क्रममा सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा सदस्य समेत रहेका गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् ।
बिहीबार साँझ अस्पताल पुगेर सभामुख सापकोटाले लामो समयदेखि अस्पतालमा उपचाररत गिरिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्
‘प्रतिनिधिसभाका माननीय सदस्य एवं विद्वान समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यमा लामो समयदेखि समस्या भएको जानकारी थियो । हिजो साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे थप जानकारी लिएँ । सघन उपचारमा रहनु भएका माननीय गिरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भने ।
यस्नै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पनि गिरीको स्वास्थ्य लाभको कामना गरेका छन्।
गिरिको ललितपुरको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर भइरहेको छ । गतवर्ष उनलाई घाँटीमा क्यान्सर भएपछि भारतको मुम्बईमा उपचार गरिएका गिरी पछिल्लो समय घरमै आराम गरिरहेका थिए । तर, केही साता अघि स्वास्थ्यमा पुनः समस्या देखिएपछि गिरी मेडिसिटी अस्पताल भर्ना भएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।