सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

सिट बाँडफाँड कार्यदललाई गठबन्धनका शीर्ष नेताहरुले दिए यस्तो निर्देशन

सिट बाँडफाँड कार्यदललाई गठबन्धनका शीर्ष नेताहरुले दिए यस्तो निर्देशन

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ३ २०७९

  • 3.0K
    SHARES

  • सिट बाँडफाँड कार्यदललाई गठबन्धनका शीर्ष नेताहरुले दिए यस्तो निर्देशन

    काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँट कार्यदललाईसाझा धारणा तय गर्न र कार्यजिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ । 

    शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँट कार्यदललाई नै  साझा धारणा तय गरेर आउन निर्देशन दिएका छन् । 

    बैठकमा कार्यदलका संयोजक कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र प्रगतिबारे जानकारी गराएका थिए । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा कार्यदलमा भएको छलफलको प्रगति प्रस्तुत भएको र नेताहरुले त्यसबारे धारणा राखेको जानकारी दिए । 

    ‘आजको बैठकमा कार्यदलमा भएको छलफलको निष्कर्षहरू प्रस्तुत भयो । नेताहरुले पनि त्यसबारे धारणा राख्नुभयो,’ कार्कीले भने, ‘नेताहरुले कार्यदलले नै साझा धारणा बनाउन र कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएको छ ।’ 

    अब कार्यदलले चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने उनको भनाइ छ । कार्यदलले गत प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक निर्वाचनको मत परिणाम तथा बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामको आधारमा सिट बाँडफाँट गरेर अघि बढ्ने मापदण्ड तय गरेको छ । तर सिट संख्याका बारेमा भने कुरा मिलेको छैन । 

    सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि सिटौला नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको छ । कार्यदलमा कांग्रेसबाट नेता सिटौला, महामन्त्री गगन थापा, सञ्चारमन्त्री कार्की, नेकपा माओवादी केन्द्रबाट नेताहरु वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र ३ २०७९०९:१५:४१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend