सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेस नेता गिरीको अवस्था गम्भीर, के भन्छ अस्पताल? 

कांग्रेस नेता गिरीको अवस्था गम्भीर, के भन्छ अस्पताल? 

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ३ २०७९

  • 5.7K
    SHARES

  • कांग्रेस नेता गिरीको अवस्था गम्भीर, के भन्छ अस्पताल? 

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई बिहीबारदेखि नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ।

    गिरि अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ। उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए। भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए।

    गिरिलाई भेटेर फर्किएका कांग्रेस नेता विमलेन्द्र निधिले ट्विट गर्दै गिरिको स्वास्थ्य लाभको कामना गरेका छन्। गिरिको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाली काङ्ग्रेस वैचारिक अभियानको आयोजनामा नेपाल सांंस्कृतिक संघले शुक्रबार प्रार्थना सभासमेत आयोजना गरेको थियो। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र ५ २०७९०८:०५:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend