काठमाडौँ- राजन भट्टराइ अब राष्ट्रिय राजनीतिका परिचित पात्र हुन् । केपि ओलीकाे किचेन क्याबिनेटका एक सशक्त पात्र भनेर चिनिने भट्टराइ जेएनयुमा पढेर नेपाली राजनीतिमा एमालेकाे औसत केन्द्रिय सदस्य बन्दै प्रधानमन्त्रीकाे सल्लाहकार पाेस्टसम्म पुगेका व्यक्ति हुन् ।
उनकाे राजनीतिक उतारचढावपुर्ण हैन पूर्ण चढावपूर्ण नै देखिनन्छ । संसदीय अभ्यासमा असफल देखिए पनि उनकाे राजनीतिकमात्र नभै कुटनीतिक यात्राले उनलाइ भाग्यमानी प्रतीत गर्छ ।
स्वभाव तथा शैलीमा राजनीतिक भाव नझल्किए पनि उनले प्राप्त गरेकेा उचाइ कम आँक्न मिल्ने अबस्थाकाे छैन । गगन थापाकाे चुनाव क्षेत्रबाट संसदीय फाँटमा आफ्नाे भविष्य खाेजिरहेका भट्टराइ संसदीय फाँटमा फिटझैँ लाग्दैनन् र पनि थापासँगकाे प्रतिष्पर्धा गरेकै कारण पनि चर्चाकाे परिधिमा रहने गर्छन् ।
त्यसाे त राजन भट्टराइलाइ राजनीतिका सुपरम्यानझैँ पाेट्रेट गरेर चुनावी राजनीतिमा ल्याएर धमिल्याउँनेहरू पनि छन् । यसरी चुनावी राजनीति वा मासबेस पाेलिटिक्समा भट्टराइलाइ अब्बल देखाउनेहरू खेतिपातीमा व्यस्त छन् भनेर बुझे हुन्छ ।
जानिफकार तथा कतिपय क्षेत्र नं ४ मा उनकै सहकर्मी तथा हितैषीहरू पनि भट्टराइमा राजनीतिक शैली, स्वभाव तथा चातुर्याइँ नभएकाे सहज मान्दछन् । राजनीति गर्नै भट्टराइकाे शैलीलाइ उनका एक पूर्वसहकर्मीले जाेगमेहर शैली भनेर सार्वजनिक नै गरेका थिए ।
पछिल्ला वर्षहरूमा भट्टराइकाे बाेल्ने तथा प्रतिक्रिया गर्ने शैलीका बारे पनि क्षेत्र नं ४ मा चर्चा एवम् आलाेचना हुने गरेकेा छ । ०७४ साल अघिसम्म भट्टराइलाइ शालिन, भद्र अनि सभ्य स्वरूपकाे व्यक्तित्व भनेर चिनाइने प्रयत्न गरिन्थ्याे ।
ती दिनहरूमा माथिका विम्वमा उनी कहिँकतै फिट हुन् भन्ने हरकाेहीकाे ठम्याइ पनि हाे । पाेलिटकल सेन्स नदेखिए पनि देख्दा वा बाेल्दा ति दिनहरूमा उनमा एकखाले भद्रता देखिन्थ्याे ।
तथापि ०७४ सालदेखि नै उनलाइ कपन डुबानमा स्थानीय एमालेले चाेपलेपछि उनका कतिपय शालिनता गगन थापालाइ गाली गर्दै रित्तिन थालेकाे थियाे । ०७४ काे चुनावभरी तथा त्यस आसपासका कतिपय एमाले गतिबिधिमा उनकाे भूमिका सिन्धुकाे डुंगा खियाउँदै बित्याे । कपनमा सिन्धुकाे डुंगामा भट्टराइ नाविक बनाएर गरेकाे यात्राले उनकाे राजनीतिक जीवनका धेरै कुरालाइ कमजेार बनायाे र सहज निर्वाचनमा पराजित भए । यहाँ सहज भन्नुकाे अर्थकाे तत्कालिन अबस्थामा शक्तिशालीझैँ रहेकेा माओवादीसँगकाे तालमेलमा चुनाव लड्दा पनि ३५ सय हाराहारी मतले उनले पराजित भएका थिए ।
०७० दाेस्राे संबिधासभाकाे चुनावताका सिन्धुपाल्चाेकबाट आएर क्षेत्र नं ४ तिर बसाेबास गर्नेहरुसँग् उनी नजिकिए । त्यतिखेर उनी समानुपातिक उम्मेदवार थिए ।
नकाे पुर्ख्याैँली पनि सिन्धुपाल्चाेक नै हाे । याे नजिकिनै क्रमसँगै ०७४ काे संसदीय निर्वाचनसम्म आइपुग्दा उनी कपनमा सिन्धुपाल्चाेके नेता बन्न पुगे । कपनकाे वर्षे डुबानमा उनी सिन्धुकाे डुंगामा सबार हुन थाले ।
उनले सिन्धुपाल्चाेकभित्र पनि भट्टराइ थरलाइ नै बढि पाेस्न थालेकाे देखेसँगै उनीसँग विमती राख्नेहरू पनि बढे । सिन्धुपाल्चाेके नेता भनेर आलाेचना हुन थालेपछि भट्टराइले कपनका स्थानीय मिठाराम अधिकारीलाइ आफ्नाे बनाउनतिर लागे ।
०७४ सालकाे संसदीय चुनावमा पराजयपछि भट्टराइ शक्तिशाली एमाले प्रम केपी ओलीकाे पराराष्ट्र सल्लाहकार बन्न पाए । परराष्ट्र सल्लाहकार बनेपछि विशेष गरेर भट्टराइले आफ्नाे भद्रता एवम् शालिनता त्यागे भनेर आलाेचना हुने गरेकाे छ ।
तत्कालिन प्रम केपि ओलीकाे सल्लाहकार बनेर किचेन क्याबिनेटमा बसेपछि भट्टराइमा देखिने भद्रता तथा शालिनताकाे विशेषणहरू पूर्णतः नष्ट भएकाे देखियाे । ओलीकै हाउभाउ कटाक्षमा अवतरित देखिए उनी । केही कपनवासी एमालेभित्रकै आफ्नाहरूले भट्टराइलाइ गगन थापाकाे चुनावी क्षेत्रकाे मूल समस्या बनिरहेकाे कपन डुबानमा डुंगा बनाएर बगाइदिए ।
०७४ देखि नै भट्टराइ सिन्धुकाे डुंगामा बसेर कपनकाे डुबानमा जति जाेड लगाए पनि तैरिन सकेका थिएनन् । बरू सिन्धुकाे डुंगा बन्ने नाममा वा डुबानमा तैरिने नाममा उनले आफ्ना स्वभाव, शैलीलाइ मात्र तिलान्जली दिए ।
०७९ सम्म आइपुग्दा भट्टराइले कपन डुबानकाे प्रणेता मिठाराम अधिकारीलाइ बुढानिलकण्ठकाे मेयर मात्र बनाएनन् तिनै मेयर अहिले भट्टराइकाे प्रमुख सल्लाहकारमध्ये भएका छन् ।
एमालेभित्रका समिति बुद्धिजिवीवर्गमा पर्ने भट्टराइलाइ यसपटक गगन थापाकाे क्षेत्रमा जाेखिमपूर्ण चुनावी माेर्चमा लैजाने वा नलैजाने बारे यतिखेर चर्चा छ । धेरैले यसपटक उनलाइ समानुपातिकमा बस्न सुझाएकाे बताइन्छ भने कतिपयले प्रत्यक्ष चुनाव लड्ने भए सिन्धुपाल्चाेक जान सल्लाह दिएकाे चर्चा पनि छ ।
शेरबहादुर तामाङलाइ समानुपातिकमा लगेर भट्टराइलाइ सिन्धुपाल्चाेक २ बाट चुनाव लडाउन मागसमेत आएकाे बताइन्छ । काठमाडाैँमा सिन्धुपाल्चाेके नेता भनेर आलाेचना भैरहेकाे बेला याे प्रशंग ठट्याैली मात्र हाे कि साँचाे हाे त्याे भने आउँदाे दिनमा देखिएला ।
तथापि भट्टराइलाइ गगन थापाकाे चुनावी क्षेत्रमा हार बाेहाेर्नका लागि पठाउन मनासिब नहुने भन्ने आँकलन स्वयम् केपी ओलीकाे पनि रहेकाे हल्ला भने चलिरहेकाे छ ।
पार्टीभित्रका कतिपय नेताले भट्टराइलाइ कुटनीतिक कामबाटै पार्टीलाइ सघाउन सल्लाह दिएकाे बताएकाे छ । यसैबेला क्षेत्र नं ४ मा नै घर भएकी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी सुपत्री उषाकिरणलाइ गगन थापासँग भिडाउन सल्लाह आइरहेकाे छ ।
यद्यपि उषाकिरणकाे नाम क्षेत्र नं २ मा माधव नेपालकाे क्षेत्रकाे उम्मेदवार भनेर पनि चर्चा चलिरहेकाे छ । राजनीतिका बिभिन्न द्वन्द्वकाबीच भट्टराइ स्वयम् चाहि के साेचिरहेका छन्, त्याे भने सार्वजनिक भएकाे छैन । अन्तर्मुखी चरित्रका भट्टराइ कुन निर्णयमा पुग्लान् त्यसकाे कतिपय खाका कपनमा रहेका भट्टराइ बन्धु तथा बुढानिलकण्ठका मेयर मिठाराम अधिकारीकाे हातमा रहेकाे देखिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।