सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

सिट बाँडफाँड कार्यदलको निर्णयले कांग्रेसमा उत्साह, माओवादीलाई आपत  !

सिट बाँडफाँड कार्यदलको निर्णयले कांग्रेसमा उत्साह, माओवादीलाई आपत  !

  • मिडिया डबली
  • बिहिवार, श्रावण २६ २०७९

  • 4.3K
    SHARES

  • सिट बाँडफाँड कार्यदलको निर्णयले कांग्रेसमा उत्साह, माओवादीलाई आपत  !
    फाइल तस्वीर

    काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँडका लागि बनेको सत्ता गठबन्धनको कार्यदलमा ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, गत स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरुको संवेदनशिलताका आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी बनेको छ। 

    दलहरुका आ–आफ्ना अडानसहित आगामी सोमबारको बैठकमा आउने गरी आजको बैठक सकिएको छ। कांग्रेसका एक नेताका अनुसार विगतमा बाम गठबन्धन हुँदा जितेका माओवादी केन्द्र, नेकपा एस र जसपाले जितेको स्थानमा कांग्रेसका शीर्ष तहका प्रभावशाली नेताहरु रहेको र अहिलेको जनमत पनि कांग्रेसकै पक्षमा देखिएकाले राजनीतिक संवेदनशीलताको विषय उठेको हो।

    बैठकमा संसदमा दलहरुको संख्यालाई मुख्य आधार बनाउने समझदारी भएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए। उनले भने, ‘त्यो बेलाको निर्वाचनलाई बेस बनाउने मोटामोटी सहमति भएको छ। दलको प्रत्यक्ष र समानुपातिकतर्फ उपस्थितिको सेरोफेरोमा सहमति गर्ने मोडालिटीमा जानुपर्छ।’

    उनले एउटै निर्वाचनको मतको आधारमा तालमेलको मोडालिटी बनाउन नसकिने बताए। स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले सबै पालिका र पदमा उम्मेदवारी नदिएका कारण त्यसको मतलाई आधार मान्न नसकिने गुरुङले बताए।

    गठबन्धनको सिट बाँडफाँड कार्यदलमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला संयोजक छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend