काठमाडौं । नेपाली कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलदेखि कानुनविद् काशीराज दाहालसम्मले प्रशिक्षण दिने भएका छन्।
बुधबार पार्टी कार्यालयमा महामन्त्री गगन थापाको सभापतित्वमा बसेको पदाधिकारी बैठकले अभिमुखीकरण कार्यक्रमको कार्यतालिका तय गर्दै प्रशिक्षकहरूको टुंगो लगाएको हो।
कार्यतालिकाअनुसार कार्यक्रमको पहिलो दिन वरिष्ठ कानुनविद् काशिराज दाहाल, योजना आयोगको उपाध्यक्ष विश्वनाथ पौडेल, अर्थशास्त्री जगदीश भट्टराई, प्राकृतिक स्रोतसम्बन्धी विज्ञ सन्तोषमणि नेपालले प्रशिक्षण दिनेछन्।
दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतले प्रशिक्षण दिने छन् । उपसभापतिद्वय खड्का र गुरुङले स्थानीय सरकार र पार्टीको सम्बन्धनबारे प्रशिक्षण दिनेछन्।
महामन्त्री थापाले घोषणापत्रबारे प्रशिक्षण दिनेछन् भने विश्वले समसामयिक राजनीतिबारे धारणा राख्ने छन्। यस्तै प्रवक्ता प्रकाशशरण महतले प्रचारप्रसार अभियानबारे प्रशिक्षण दिने कार्यक्रम छ। कांग्रेसले साउन ३० र ३१ पालिका प्रमुख र उपप्रमुखलाई ललितपुरमा दुई दिन प्रशिक्षण दिँदैछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।