काठमाडौं । स्थानीय तह निर्वाचनका बेला सिन्धुपाल्चोकका कांग्रेस नेता धनबहादुर कार्की (बलराम) को अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
अपहरणमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ५ का चाइनिज भनिने रमेश लामा पक्राउ परेका हुन्। उनलाई काठमाडौंबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी भरतबहादुर बोहराले जानकारी दिए।
अपहरणमा सुनकोशी गाउँपालिकाका एमाले र कांग्रेस कार्यकर्ता संलग्न भएको भनी प्रहरीमा उजुरी परेको थियो। त्यसपछि रमेश लामासहित सुनकोशी ५ का अमर लामा, सुनकोशी ६ का दिनेश थापा र उमेश खड्काविरुद्ध अपहरण तथा शरीरबन्धकको आरोपमा पक्राउ पुर्जी जारी भएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।