बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रतिनिधिसभामा माओवादी र नेकपा एसको हलुवा टाइट हुने, कांग्रेसले पासा पल्टाउने भएपछि खुमलटारमा बबण्डर ! 

प्रतिनिधिसभामा माओवादी र नेकपा एसको हलुवा टाइट हुने, कांग्रेसले पासा पल्टाउने भएपछि खुमलटारमा बबण्डर ! 

  • मिडिया डबली
  • बिहिवार, श्रावण १९ २०७९

  • 5.3K
    SHARES

  • प्रतिनिधिसभामा माओवादी र नेकपा एसको हलुवा टाइट हुने, कांग्रेसले पासा पल्टाउने भएपछि खुमलटारमा बबण्डर ! 

    काठमाडौं । पाँच दलिय गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले  प्रतिनिधिसभामा १०० सिटमा दाबी गर्ने गर्ने भएको छ। बिहिबार मंसिर ४ गतेका लागि निर्वाचन घोषणा भएपछि शुक्रबारबाट गठबन्धनमा सिट बाँडफाँडको कसरत सुरु हुने भएको छ। कांग्रेसले भने संगठन, स्थानीय तह निर्वाचनमा पाएको मत र २०७४ को चुनावमा कांग्रेस उम्मेदवारले पाएको मतका आधारमा १०० सिटमा दाबी गर्ने भएको छ।  ‘हाम्रो दाबी १०० सिटमा रहन्छ। बलियो संगठन र लोकप्रिय मत, स्थानीय निर्वाचनको मत परिणाम र २०७४ मा कांग्रेस उम्मेदवारले पाएको मत पनि सिट बाँडफाँटको एउटा मापदण्ड हुनेछ। त्यसका आधारमा हाम्रो दाबी स्वाभाविक मात्रै होइन, अझ कम हुनेछ,’ एक शिर्ष नेताले भने, ‘यद्यपि गठबन्धनमा रहेका अन्य दलका माग पनि सम्बोधन गर्नुपर्ने हुन्छ। छलफल सुरु भएपछि सबै क्लियर हुँदै जानेछ।’ 

    सरकारले आउँदो ४ मंसिरलाई प्रदेशसभा र प्रतिनिधिसभाको मिति तोकेसँगै गठबन्धनभित्रका दलको सिट बाँडफाँट बार्गेनिङलाई पार लगाउने विषय पेचिलो बन्दै छ। माओवादी केन्द्र र नेकपा एसले २०७४ को परिणामलाई पनि सिट बाँडफाँटको मापदण्ड बनाउने प्रस्ताव राख्न सक्नेछन्। नेकपा एसले अघिल्लो निर्वाचनमा एमालेले जितेका क्षेत्रमा आफूले दाबी गर्न सक्नेछ। किनकि, स्थानीय तहको निर्वाचनमा बागबन्डा मिलाउँदा पनि नेकपा एसले यस्तै तर्क गरेको थियो। त्यसो त, माओवादी अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनपछि कांग्रेसलाई दम्भ नपाल्न चेतावनी दिँदै आएका छन्।

    नेकपा एसका अध्यक्ष नेपालले गठबन्धनले हेपेको गुनासो गर्दै आएका छन्। सँगै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने घुर्कीसमेत लगाउँदै आएका छन्। यसर्थ, सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो देखिन्छ। ‘हामीबाहेक चार वटा दल गठबन्धनमा छन्। उनीहरूका पनि आ–आफ्नै माग र तर्क हुनेछन्। नेतृत्वकर्ताका हैसियतले हामीले ती तर्क सुनिदिनुपर्नेछ,’ कांग्रेसका ती शीर्ष नेता भन्छन्, ‘सिट बाँडफाँट निकै जटिल विषय हो। तर एउटा मापदण्ड बनाएर त्यसकै आधारमा सहमति जुट्नेछ।’ 

    कांग्रेसका अर्का एक नेताको बुझाइमा सिट बाँडफाँटको अन्तिम सहमति हुँदा कांग्रेसका भागमा अधिकतम ९० सिटभन्दा तल सहमति हुने अवस्था छैन। माओवादी, नेकपा एस, जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाको चित्त कांग्रेसले बुझाउनुपर्ने अवस्थामा दाबी गरिएका १०० वटै सिट कांग्रेसले प्राप्त गर्न अवस्था नरहने ती नेता बताउँछन्। ‘१०० सिट दाबी गर्ने हो तर अन्य चार दलको चित्त हामीले बुझाउनुपर्छ। त्यस कारण हामीले पाउने सिट ९० हो। त्योभन्दा तल झर्ने अवस्था छैन,’ ती नेता भन्छन्, ‘यसै पनि हाम्रो केन्द्रीय समिति बैठकले एकल बहुमत ल्याउने गरी अघि बढ्ने निर्णय गरेको छ। त्यसले अन्य दललाई झस्काइदिएको छ।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend