सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images
राजनीतिक बिशेष

सीके राउतपछि राजनीतिबाट सन्यास लिने पालो नारायणकाजीको

सीके राउतपछि राजनीतिबाट सन्यास लिने पालो नारायणकाजीको

  • मिडिया डबली
  • मंगलवार, श्रावण १७ २०७९

  • 6.0K
    SHARES

  • सीके राउतपछि राजनीतिबाट सन्यास लिने पालो नारायणकाजीको

    काठमाडौं -  कुनै समय देश विखण्डनको नारा लिएर तराई मधेसमा सशस्त्र हिंसा गर्दै आएका डा.सिके राउत सन्यासी बनेका छन् ।

    एक साताअघि नागार्जुनस्थित ओशो तपोवनमा पुगेर राउतले सन्यासीको रूप धारण गरेका हुन् । डेढ वर्षअघि केपी ओली प्रधानमन्त्री भएका बेला राउत शान्तिपूर्ण राजनीतिमा आएका थिए ।

    राउतको नेतृत्वमा जनमत पार्टी क्रियाशील छ । सो पार्टीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा तीनवटा स्थानीय तहमा जित पनि हात पारेको छ ।

    अमेरिकामा इन्जिनियरिङमा विद्यावारिधि हासिल गरेका राउतलाई सुरुमा निकै मिजासिला र बौद्धिक व्यक्तित्व मानिन्थ्यो । तर जब उनले तराईमा नश्लीय आन्दोलन गरे, तब उनलाई दानवीकरण गर्न थालियो । अहिले आएर उनी ओशोका भक्त भएका छन् ।

    उनलाई स्वामी अरुणले सन्यासी बनाएका हुन् । सिके राउतपछि अब माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सन्यासी बन्ने अनुमान गर्न थालिएको छ । हुन त श्रेष्ठ सुरुदेखि नै ओशो भक्त हुन् ।

    उनी हरेक साता ओशो तपोवन गएर विपश्यना र योग गर्ने गर्छन् । आफूलाई माक्र्सको अनुयायी भनेर नथाक्ने श्रेष्ठ ओशो भक्त भएको धेरैले विश्वास गरेका छैनन् । तर, सत्य हो उनी सर्वसाधारणलाई करिब करिब असम्भव मानिने ओशो तपोवनमा पुगेर ध्यानमा बस्छन् ।

    श्रेष्ठ भारतीय सदगुरुका अनुयायी पनि हुन् । उनी बेलामौकामा सदगुरुलाई भेट्ने गर्छन् । नेपाल आएका बेला श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गराइदिएका थिए ।

    पछिल्लो समय नेपालको राजनीतिबाट श्रेष्ठमा निरासा उत्पन्न भएको देखिएको छ । त्यसैले उनले प्रमुख दलका शीर्ष नेताको आलोचना गर्ने गरेका छन् । त्यही भएर निकट भविष्यमा श्रेष्ठले राजनीतिबाट सन्यास लिन सक्ने आंकलन गरिएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २० २०७७१२:५६:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend