बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेसको रणनीति देखेर माओवादी र नेकपा एस जिल्ल, चुनावमा हुन सक्छ बिल्ला! 

कांग्रेसको रणनीति देखेर माओवादी र नेकपा एस जिल्ल, चुनावमा हुन सक्छ बिल्ला! 

  • मिडिया डबली
  • सोमवार, श्रावण १६ २०७९

  • 2.8K
    SHARES

  • कांग्रेसको रणनीति देखेर माओवादी र नेकपा एस जिल्ल, चुनावमा हुन सक्छ बिल्ला! 
    फाइल तस्वीर

    काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आसन्न प्रादेशिक र संघीय निर्वाचनमा सत्ता साझेदार वामपन्थी दलहरूसँग चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरिसकेको छ। तर, यो गठबन्धनका लागि अब वामपन्थीहरुले सामूहिकरुपमा कांग्रेससँग सौदाबाजी गर्नुपर्ने भएको छ ।


    कांग्रेसको पछिल्लो केन्द्रीय कार्यसमिति बैठक (असार २७–साउन २) ले पार्टीलाई बहुमतमा पुर्याउने गरी साझेदार दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको थियो।


    गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ‘स्थानीय अवस्था र आवश्यकताका आधारमा’ चुनावी तालमेल गर्ने निर्णय गरेको कांग्रेसले तालमेलबाट प्राप्त परिणामप्रति सन्तोष पनि व्यक्त गरेको थियो।


    बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको थियो, ‘वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ।’

    केन्द्रीय कार्यसमिति बैठकले साझेदार दलहरूसँगको तालमेलका क्रममा संविधान कार्यान्वयन, आर्थिक–सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गरेर पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आसन्न निर्वाचनमा प्रस्तुत हुनुपर्नेमा जोड दिएको छ।


    चुनावी तालमेल गर्दा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरूसँग संवादमार्फत निष्कर्षमा पुग्ने कांग्रेसको निर्णय पनि थियो। केन्द्रीय कार्यसमिति बैठकबाट पार्टी बहुमतमा पुग्ने गरी चुनावी तालमेल गर्ने निर्णय गराएका प्रधानमन्त्री शेरबहादुर देउवा साझेदार दलहरुसँग एकमुष्ठ ‘डिल’का लागि प्रयासरत छन्।

    यही प्रयासअनुसार उनले केही दिनअघि मात्रै एकलरुपमा चुनावी तालमेलबारे छलफलका लागि बालुवाटार पुगेका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न आग्रह गरेका थिए।

    छुट्टाछुट्टै रुपमा चुनावी तालमेलका लागि सहमति जुटाउन झन्झट हुने भनेरै प्रधानमन्त्री देउवाले डा। भट्टराईलाई अध्यक्ष प्रचण्डसँग छलफलका लागि जान आग्रह गरेको स्रोतको दाबी छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend