बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

निर्वाचनमा एक्लाएक्लै चुनाव लडे कांग्रेसले यी जिल्लामा सोत्तर पार्ने !

निर्वाचनमा एक्लाएक्लै चुनाव लडे कांग्रेसले यी जिल्लामा सोत्तर पार्ने !

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १३ २०७९

  • 46.6K
    SHARES

  • निर्वाचनमा एक्लाएक्लै चुनाव लडे कांग्रेसले यी जिल्लामा सोत्तर पार्ने !
    फाइल तस्वीर

    काठमाडौं - केही दिनभित्रै संघ र प्रदेशसभाको निर्वाचनको मिति घोषणा हुने छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख दलका नेता र कांग्रेसमा आन्तरिक छलफल तीव्र पारेका छन् ।

    सम्भवतः आगामी मंसिर ४ गते एकै चरणमा निर्वाचनको मिति तोकिनेछ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामपछि दलहरूबीच गठबन्धन बनाएर चुनावमा जाने कि एक्लाएक्लै जाने भन्नेबारे छलफल चलिरहेको छ ।

    कांग्रेसले तीन सय २८ स्थानीय तहमा जित हासिल गरेको थियो । वडाध्यक्षले जितेका आधारमा कांग्रेसले एमालेभन्दा एक लाख ४४ हजार बढी मत पाएको छ ।

    स्थानीय तहको परिणामअनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा दलहरू एक्लाएक्लै चुनाव लडे भने कांग्रेस ७६ सिटसहित अग्रणी स्थानमा रहने देखिन्छ । एमाले ७१ सिट जितेर दोस्रो बन्न सक्छ ।

    माओवादी ८ सिटमा खुम्चन सक्छ । माओवादी केन्द्रका वडाध्यक्षले संघीय निर्वाचन क्षेत्रमध्ये आठवटामा मात्रै अग्रता कायम गर्ने गरी भोट ल्याएका छन् । जनता समाजवादी पार्टीले पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले दुई तथा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र नवगठित नागरिक उन्मुक्ति पार्टीले एक÷एक ठाउँमा जित्न सक्ने देखिन्छ ।

    यी हुन् कांग्रेसले जित्न सक्ने प्रतिनिधिसभा निर्वाचन क्षेत्र .

    अछाम १, अछाम २, इलाम २, ओखलढुंगा, कञ्चनपुर २, कञ्चनपुर ३, कपिलवस्तु १, कपिलवस्तु २, काठमाडौं १, काठमाडौं १०, काठमाडौं ३, काठमाडौं ६, काठमाडौं ७, काठमाडौं ८, काठमाडौं ९, काभ्रेपलाञ्चोक १, कास्की १, कैलाली ३, कैलाली ४, कैलाली ५, गोरखा १, जुम्ला, झापा ३, डडेलधुरा, डोटी, तनहुँ १, दाङ १, दैलेख १, धनुषा १, धनुषा २, धनुषा ३, धनुषा ४, धादिङ २, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १, नुवाकोट १, नुवाकोट २, पर्सा २, पर्सा ३, पर्सा ४, बर्दिया २, बाँके १, बाँके २, बाँके ३, बारा १, बारा २, भक्तपुर २, महोत्तरी ४, मोरङ ५, मोरङ ६, रसुवा, रामेछाप, रूपन्देही १, रूपन्देही २, रूपन्देही ३, रौतहट २, रौतहट ४, ललितपुर १, ललितपुर २, ललितपुर ३, सप्तरी १, सप्तरी ४, सर्लाही १, सर्लाही २, सर्लाही ४, सल्यान १, सिन्धुपाल्चोक १, सिन्धुली १, सिरहा १, सुनसरी २, सुनसरी ४, सुर्खेत १, सोलुखुम्बु, स्याङ्जा १ र स्याङ्जा २ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend