आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चुनावमा जान डराए प्रचण्ड, मिति घोषणा गर्न प्रधानमन्त्रीलाई रोकेपछि हंगामा !

चुनावमा जान डराए प्रचण्ड, मिति घोषणा गर्न प्रधानमन्त्रीलाई रोकेपछि हंगामा !

  • मिडिया डबली
  • बिहिवार, श्रावण १२ २०७९

  • 6.3K
    SHARES

  • चुनावमा जान डराए प्रचण्ड, मिति घोषणा गर्न प्रधानमन्त्रीलाई रोकेपछि हंगामा !

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावमा जान डराएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार नै संघ र प्रदेशको निर्वाचनको मिति तोक्ने तयारी गरेपछि उनले तत्काल निर्वाचन घोषणा नगर्न दबाब दिएका छन् । देउवाले बुधबार आफू चुनावको मिति घोषणा गर्न लागेको भन्दै प्रचण्डलाई फोन गरेका थिए ।

    बिहीबार माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालका अध्यक्षसहितका नेताहरुसँग प्रचण्डले प्रधानमन्त्री देउवाले फोन गरेर चुनावको मिति घोषणा हुन लागेको बताएको र आफूले केही दिन रोक्न आग्रह गरेको बताएका हुन्।

    ‘म क्याबिनेट बैठकबाट चुनावको मिति घोषणा गर्दैछु, तपाईको समर्थन दिनुस् । मलाई देउवाले टेलिफोनमा हिजो भन्नुभयो,’ प्रचण्डले भने, ‘मैले केही दिन पर्खिनुस् भनें।’ आफूले नागरिकता विधेयक र सत्य निरुपण तथा वेपत्ता नागरिक खोजविनका लागि बनेको विधेयक पारित नगरी चुनाव घोषणा नगर्न सुझाव दिएको प्रचण्डको भनाइ थियो।

    ‘कम्तीमा नागरिकता विधेयक र सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता नागरिक खोजविनसम्बन्धी विधेयक संसदबाट पास गरेर मात्र चुनावको मिति घोषणा गर्नुहोला,’ प्रचण्डले भनेका छन्, ‘अब केही दिनमै चुनावको मिति घोषणा हुन्छ।’ उनले केही दिनमा चुनावको मिति घोषणा हुने र मंसिर ४ मै चुनाव हुने बताए । 

    चुनावको मिति घोषणा लगायतका विषयमा छलफल गर्न अहिले केहीबेरपछि सत्ता गठबन्धनको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा चुनावको मिति, गठबन्धन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend