बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

६० वर्ष कटेका नेता हराउ अभियान, यी हुन् मुख्य टार्गेटमा परेका नेताहरू

६० वर्ष कटेका नेता हराउ अभियान, यी हुन् मुख्य टार्गेटमा परेका नेताहरू

  • मिडिया डबली
  • बिहिवार, श्रावण १२ २०७९

  • 4.6K
    SHARES

  • ६० वर्ष कटेका नेता हराउ अभियान, यी हुन् मुख्य टार्गेटमा परेका नेताहरू

    काठमाडौं - जेठको दोस्रो साता राजनीतिक विश्लेषक विष्णु सापकोटाले कान्तिपुर दैनिकमा ‘मंसिरमा बिदाइ गर्नै पर्नेहरू’ शीर्षकमा एउटा आलेख लेखेपछि अहिले पूर्वप्रधानमन्त्रीहरू हराउ अभियान देशव्यापी बनेको छ ।

    खासगरी ६५ वर्ष कटेका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरू टार्गेटमा परेका छन् । उनले प्रश्न गरेका छन्, ‘यो सम्झँदा अहिले नै अत्यास नलाग्ने को होला ? पाँच वर्ष पर्खेर, अबको ताजा संसदीय निर्वाचनमार्फत् नेपाली जनताले पाउने ‘नयाँ’ प्रधानमन्त्री फेरि पनि शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालमध्ये एक हुन् ?’ उनले भनेका छन्, देउवा, ओली र दाहाललाई मतदाताले आआफ्ना निर्वाचन क्षेत्रमै रोकिदिनु समग्र देशका लागि भलो काम हुनेछ । ती क्षेत्रका जनताले आफ्नो मात्र होइन, सबैको भलो गर्नेछन्।’

    स्थानीय चुनावमा केही स्थानको नतिजाले आउँदो चुनावमा त्यो सम्भव हुने सम्भावना देखाएको उनको ठम्याइ छ। यतिबेला सामाजिक सञ्जालमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई मुख्य निसानामा परेका छन् । उनीहरूको तस्बिरसहित सामाजिक सञ्जालमा ‘मत नदिएर ससम्मान बिदाइ गरौं’ भन्ने अभियान नै चलेको छ ।

    सामाजिक सञ्जालको यो अभियानपछि अहिले नेपालको राजनीतिमा आठ रेक्टरको भुइँचालो नै गएको छ । सबै पार्टीका शीर्ष नेताहरूलाई हराउँदा राजनीति स्वच्छ बन्ने र युवा पुस्ताको हातमा पार्टी र देशको बागडोर पर्ने दाबी गरिएको छ ।

    कतिपय विश्लेषकले भने यो अभियान विदेशी डोनरबाट सञ्चालित भएको आरोप पनि लगाएका छन् । खासगरी रवि लामिछानेहरूलाई सजिलो बनाउन यस्तो अभियान अघि बढाइएको आशंका पनि गरिएको छ । तर, स्थानीय तहको निर्वाचनले पनि प्रमुख दलबाट आजित भएका जनताले स्वतन्त्र उम्मेदवारलाई विजयी गराएर पठाएकाले पूर्वप्रधानमन्त्रीहरूले चुनाव जित्छन् भन्ने ग्यारेन्टी भने छैन ।

    अहिलेको अभियान हेर्दा प्रमुख दलका शीर्ष नेता हराउ अभियान निकै प्रभावकारी हुने देखिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावपछि प्रधानमन्त्रीको निम्ति प्रत्याशी बन्ने घोषणा गरेका छन्।

    थापाका अनुसार त्यसको निम्ति उनी पार्टी संसदीय दलको नेताको चुनावमा उम्मेदवार बन्ने छन्। एमाले र माओवादी केन्द्रलगायतका दलहरूमा भने आफ्ना अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्रीलाई चुनौती दिने घोषणा गर्ने कोही देखिएका छैनन्। तर उनीहरूको पार्टीभन्दा बाहिर ‘कम्तीमा पनि प्रधानमन्त्री भएर परीक्षण भइसकेका नेताहरूलाई हराउने अभियान’ चलाउने प्रयास भइरहेको देखिन्छ।

    कांग्रेसमा देउवा, एमालेमा ओली, माओवादीमा प्रचण्ड, एकीकृत समाजवादीमा माधव नेपाल र झलनाथ खनाल, हालै जसपाबाट पदमुक्त भएका बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेका नेताहरू हुन्।

    उनीहरू टेस्टेड पनि भइसकेका छन् । हरेक पटक घुमिफिरी उनीहरू नै प्रधानमन्त्री बन्ने अवस्था देखिएकाले पनि पूर्वप्रधानमन्त्री हराउ अभियान तीव्र बनेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend