बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

यो मितिमा हुने भयो प्रतिनिधिसभाको निर्वाचन, देशैभर कांग्रेसको लहरले खुसियाली  !

यो मितिमा हुने भयो प्रतिनिधिसभाको निर्वाचन, देशैभर कांग्रेसको लहरले खुसियाली  !

  • मिडिया डबली
  • मंगलवार, श्रावण १० २०७९

  • 12.2K
    SHARES

  • यो मितिमा हुने भयो प्रतिनिधिसभाको निर्वाचन, देशैभर कांग्रेसको लहरले खुसियाली  !
    फाइल तस्वीर

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आउँदो मन्त्रिपरिषद् बैठकले मिति तोक्न सक्ने बताएका छन्।

    स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले मंसिर ४ गते चुनावको मिति तोक्न सक्ने बताएका हुन्। प्रमुख निर्वाचन आयुक्त थपलियाले भने आयोगको सिफारिसअनुसारै सरकारले निर्वाचनको मिति तोक्ने अपेक्षा रहेको बताए।

    ‘आयोगले सम्पूर्ण व्यहोरासहित एकैचरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मंसिर ४ गते गर्न मिति सिफारिस गरिसकेको छ, अब मन्त्रिपरिषद्ले मिति तोक्न बाँकी हो,’ उनले भने, ‘आउँदो मन्त्रिपरिषद् बैठकले मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोक्यो भने त्यसलाई आश्चर्य नमान्दा हुन्छ।’

    आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मितिबारे सरकारलाई परामर्श दिइसकेको छ। उनले निर्वाचनको तयारीका सबै काम सुरू भइसकेको समेत बताए। 

    प्रमुख निर्वाचन आयुक्त थपलियाले संघ र प्रदेशको निर्वाचन स्थानीय तह निर्वाचनभन्दा कम खर्चिलो हुन सक्ने बताए। एकै चरणमा चुनाव गर्दा केही खर्च कटौती हुन सक्ने बताए। 

    प्रमुख आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा आयोगले विगतभन्दा निकै ठूलो रकममा खर्च कटौती हुन अपेक्षा व्यक्त गरे। उनका अनुसार अघिल्लो निर्वाचनभन्दा वैशाख ३० को स्थानीय निर्वाचनमा २ अर्ब १५ रुपैयाँ खर्च कटौती भएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend