काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनका दलहरूसँग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ ।
सोमबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितको बैठकको निर्णय सुनाउँदै कांग्रेस प्रवक्ता डा।प्रकाशशरण महतले गठबन्धनका दलहरुसँग संवाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको बताए ।
गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा कांग्रेसलाई फाइदा पुगेकाले आगामी प्रदेश र प्रतिनिधिसभामा प्रष्ट बहुमततर्फ लक्षित हुने भन्दै प्रवक्ता महतले कांग्रेसले अब पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गरेर जाने निर्णय गरेको बताए ।
तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र बैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।