बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेसले भदौ २ गतेबाट चुनावी अभियान सञ्चालन गर्ने, बहुमत ल्याउने! 

कांग्रेसले भदौ २ गतेबाट चुनावी अभियान सञ्चालन गर्ने, बहुमत ल्याउने! 

  • मिडिया डबली
  • सोमवार, श्रावण २ २०७९

  • 5.2K
    SHARES

  • कांग्रेसले भदौ २ गतेबाट चुनावी अभियान सञ्चालन गर्ने, बहुमत ल्याउने! 
    फाइल तस्वीर

    काठमाडौं । नेपाली कांग्रेसले आगामी संघ र प्रदेशसभा निर्वाचनलाई लक्षित गरि चुनावी अभियान सञ्चालन गर्ने भएको छ ।

    सोमबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय सुनाउँदै कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले भदौ २ गतेदेखि २४ गतेसम्म चुनावी अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । यस्तै चुनावी अभियान मार्फत बहुमत ल्याउने गरी काम गर्ने निर्णय बैठकले गरेको छ।

    उनका अनुसार बैठकले नयाँ ३ भातृ संस्थालाई पनि मान्यता दिने निर्णय बैठकले गरेको छ । यसैगरी स्थानीय निर्वाचन परिचालन समिति र केन्द्रीय परिचालन समितिको प्रतिवेदन अनुमोदन गर्ने,साउन मसान्तभित्र भ्रातृ संस्थाका समितिलाई पूर्णता दिने,स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आचारसंहिता लागू गराउने लगायत निर्णय पनि सोही बैठकले गरेको प्रवक्ता महतले जानकारी दिए ।

    गत असार २७देखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार सकिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend