काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अहिले नेपाल प्रहरीका लागि हतियार नकिन्ने स्पष्ट पारेका छन्।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले आर्थिक समस्या भएका बेला सरकारले करोडौंका हतियार किन किन्न लागेको भन्दै प्रश्न गरेपछि देउवाले यस्तो प्रष्टीकरण दिएका हुन्।
प्रधानमन्त्री देउवाले अहिले हतियार किन्ने सरकारको कुनै तयारी नभएको बताए। ‘प्रहरीका लागि अहिले हतियार किन्ने कुरा छैन,’ उनले भने।
कांग्रेस बैठकमा अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठलगायतले हतियार किन्न लागिएको विषयमा प्रश्न उठाएका थिए।गोपालमानले ‘हतियार किन्ने कुरा रोक्नुस् है’ भन्दा देउवाले भने, ‘छैन, छैन, छैन। हतियार किन्ने कुरो छैन। किनिँदैन।’ आजको कांग्रेस केन्द्रीय समिति बैठक सकिएको छ। अर्को बैठक शनिबार बस्नेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।