बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

बैठकमै देउवाले गच्छदारलाई थर्काए, सानेपामा खैलाबैला ! 

बैठकमै देउवाले गच्छदारलाई थर्काए, सानेपामा खैलाबैला ! 

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३० २०७९

  • 11.5K
    SHARES

  • बैठकमै देउवाले गच्छदारलाई थर्काए, सानेपामा खैलाबैला ! 

    काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा पूर्वउपसभापति विजयकुमार गच्छदारलाई पार्टीको बैठकमा बोल्न रोकेका छन्। जारी केन्द्रीय समिति बैठकमा समय लिएर बोलेका गच्छदारलाई देउवाले तपाईंका कुरा कति सुन्नु भन्दै रोकेका हुन्। 

    गच्छदारले आफूले कांग्रेसका लागि गरेको योगदान र आफ्नो राजनीतिक पृष्ठभूमिका बारेका कुरा राखिरहेका थिए। पाँच मिनेटको समय पाएका गच्छदारले राजनीतिक विगत कोट्याइरहँदा देउवा अधैर्य देखिए र भनिहाले, ‘तपाईंको कुरा कति सुन्नुरु खाली एउटै कुरा गर्नुहुन्छ। भयो अब सक्नुस्।’

    देउवाले रोक्न भनेपछि गच्छदारले बलबहादुर केसीले पनि १० मिनेट बोलेकाले आफूलाई पनि १० मिनेट दिन र कुरा सुन्न आग्रह गरे। लगत्तै केसीले तपाईंले चाहिँ मलाई नै देख्नुभो? भनेर प्रतिप्रश्न गरेका थिए।

    केसीको प्रतिप्रश्नपछि गच्छदारको जवाफ थियो– के गर्ने शेरबहादुरजी डराउने तपाईंसँगै हो? दुवै बहादुर–बहादुर हो।

    ठट्टापछि गच्छदारले भने– तपाईं यो बैठकको सभामुख पनि हो। सभामुखले कसरी बैठक चलाउँछन् भन्ने सिक्नुपर्यो। तपाईं त झन् ५ पटक प्रधानमन्त्री भइसकेको मान्छे।

    पाँच मिनेट समय पाएका गच्छदारले देउवाले रोक्दारोक्दै पनि १० मिनेट बोले र आफ्ना कुरा सुनाइछाडे। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend