बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

उपसभामुख बन्ने भइन् कांग्रेस नेतृ भुसाल, एमालेले धुलो चाट्ने

उपसभामुख बन्ने भइन् कांग्रेस नेतृ भुसाल, एमालेले धुलो चाट्ने

  • मिडिया डबली
  • बुधवार, आषाढ २९ २०७९

  • 7.3K
    SHARES

  • उपसभामुख बन्ने भइन् कांग्रेस नेतृ भुसाल, एमालेले धुलो चाट्ने

    काठमाडौं । नेपाली कांग्रेसले सांसद पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेपछि बसेको सत्तारुढ गठबन्धनको बैठकले उपसभामुखमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गरेको थियो ।

    अर्घाखाँचीको भुसाल कांग्रेसको समानुपातिकतर्कको सांसद तथा संसदमा कांग्रेसकी सचेतक हुन् । सचेतक भुसालले पार्टीको निर्णय अनुसार नै आफूले उपसभामुख पदका लागि उम्मेदवारी दिन लागेको पुष्टि गरिन् । कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी भुसाल पहिलो संविधानसभाको अर्घाखाँची २ बाट सदस्यमा निर्वाचित भएकी थिइन् ।

    शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ मा राजिनामा दिएसँगै प्रतिनिधिसभा उपसभामुख रिक्त रहेको थियो । २०७४ मा प्रतिनिधिसभा निर्वाचन लगत्तै पनि भुसाललाई कांग्रेसले उपसभामुखको उम्मेदवारका रुपमा अगाडि सारेको थियो । त्यसबेला उनी तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन् । संवैधानिक निकाय तथा विभिन्न महत्वपूर्ण अंगहरुमा अध्यक्ष तथा पदाधिकारी नियुक्त गर्ने ६ सदस्यीय संवैधानिक परिषद्‍मा उपसभामुख सदस्य रहने व्यवस्था छ ।

    संविधानले नै प्रतिनिधसभाको सभामुख र उपसभामुख फरक दल तथा फरक लिंगको हुनुपर्ने व्यवस्था गरेको छ । सभामुख सापकोटा माओवादीबाट निर्वाचित सांसद हुन् । २०७४ सालको आमचुनावमा पछि मा‌ओवादी केन्द्रका कृष्णबहादुर महरा सभामुख भएका थिए । यौन दुर्व्यवहारको आरोप लागेपछि महराले सभामुखबाट राजिनामा दिएका थिए । सत्ता गठबन्धनले मतदान गर्ने भएपछि भुसाल उपसभामुख बन्ने निश्चित छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend