काठमाडौं। तीन दिन देखि जारी नेपाली कांग्रेसको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आलोचना भएको छ। केन्द्रीय सदस्य रमेश रिजालले दुवै महामन्त्री सामाजिक सञ्जालमा रमाएको आरोप लगाए।
‘दुवै महामन्त्री मिडिया केन्द्रित हुनुभयो। टुइट सुइट गर्ने, अतिवादी गर्ने, सानो भेलामा गर्ने काम भए। यो राम्रो भएन,’ उनले भने।
अर्का केन्द्रीय सदस्य राजीव ढुंगानाले महामन्त्रीद्वय केही समयअघि निर्वाचन आयोगमा गएको विषयमा प्रश्न उठाएका थिए। ‘उहाँहरू निर्वाचन आयोग किन जानुभयो, कसको निर्णयमा जानुभयो?’ ढुंगानाले प्रश्न उठाए।
केही समयअघि थापा र शर्मा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउनुपर्छ भन्ने विषयमा ध्यानाकर्षण गराउन निर्वाचन आयोग पुगेका थिए। केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले त महामन्त्रीद्वयले ‘केटाकेटी हर्कत’ जारी राखे आफूहरू बहिस्कार गर्न बाध्य हुने चेतावनी नै दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।