काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आइतबार एउटा स्टाटस सामाजिक सञ्जालमा लेखे, ‘हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं। यो सही नै हो।
तर तितो र नांगो सत्य यो पनि हो कि निष्ठा, विचार (सिद्धान्त एवं मूल्यविहीन भ्रष्ट) स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा पुर्याउने त्यतै हो ।’
श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा त्यहाँका जनताले कब्जा जमाएपछि नेपालमा पनि त्यसको असर पर्ने विश्लेषण गरिरहेका बेला नारायणकाजीको स्टाटसले सनसनी फैलायो । उनले अप्रत्यक्ष रूपमा आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वर्षमान पुन, जनार्दन शर्माप्रति इंगित गर्दै लेखेका हुन् । तर, त्यसले सबै दलका नेताहरूलाई झट्का लाग्यो ।
नारायणकाजी आफैं दूधले नुहाएका नेता भने होइनन् । उनी अधिकांश समय आफैं पदमा बस्न चाहन्छन् । आफू नभए निकट नेतालाई सत्ताको कुर्सीमा पठाइरहन्छन् । गिरिराजमणि पोखरेल त्यस्तै भाग्यमानी माओवादी नेता हुन् । जो आठपटकभन्दा बढी मन्त्री बन्न सफल रहे । एकता केन्द्रबाट माओवादीमा प्रवेश गरेका पोखरेललाई सधैं नारायणकाजीले नै मन्त्री सिफारिस गरेका हुन् ।
नारायणकाजी अहिले पनि मन्त्री बन्न खोजिरहेका छन् । उनले अर्का आफू निकट नेतृ अञ्जना विशंखेलाई पनि बोकेर हिँड्ने गरेका छन् । विशंखे सधैं सांसद बन्नुमा नारायणकाजीकै हात रहेको छ । आफू निकटलाई मन्त्री बनाउने नारायणकाजीको आधा दर्जन बढी हाइड्रोपावरमा राम्रै सेयर लगानी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।