बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

बुढीगंगामा उल्टियो नतिजा, कांग्रेसले पल्टायो पासा  !

बुढीगंगामा उल्टियो नतिजा, कांग्रेसले पल्टायो पासा  !

  • मिडिया डबली
  • शनिवार, आषाढ २५ २०७९

  • 154.1K
    SHARES

  • बुढीगंगामा उल्टियो नतिजा, कांग्रेसले पल्टायो पासा  !
    फाइल तस्वीर

    धनगढी । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मत गणना अन्तरगत ६ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ६ वडाको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले खाता खालेको छ । 

    नेपाली कांग्रेसले बुढीगंगा नगरपालिका–८ का वडा अध्यक्ष पद जीतेको हो । वडा नम्बर–८ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश बहादुर रावल विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार बिराज रावललाई पराजित गर्दै रमेश रावल वडा अध्यक्षमा विजयी भएका हुन् । मतगणना सम्पन्न भएका अन्य ५ वडामा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

    वडानम्बर १ मा एमाले रणबहादुर थापा, वडा नम्बर–२ मा नेकपा एमालेका पदम बहादुर भण्डारी, वडा नम्बर–३ मा नेकपा एमालेका खडबहादुर अधिकारी,  वडा नम्बर–९ मा मीनबहादुर सिंह र वडा नम्बर–१० मा एमालेकै दलबहादुर साउद डेभिड विजयी भएका हुन् । अहले वडा नम्बर–४ र ७ को मतगणना भइरहेको छ । 

    बुढीगंगामा हाल सम्म ५ हजार ५ सय मत गणना भइसक्दा मेयर उम मेयरमा एमालेका उम्मेदवार फराकिलो मत अन्तरले अगाडी रहेका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार बुढीगंगाको मेयरमा एमालेका उम्मेदवार राम बहादुर बानियाँ ३ हजार ३५१ मत सहित अग्र स्थानमा रहँदा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका रंगबहादुर खातीले १ हजार ७८९ मत ल्याएका छन् । 

    उप मेयरमा पनि एमालेकी माया कुमारी खड्का (कुँवर) ३ हजार २५८ मत सहित लिड गरिरहेकी छन् भने कांग्रेसकी उम्मेदवार रिता शाही (शाह)ले १ हजार ८६२ मत ल्याएकिछन् । बुढीगंगामा ९ हजार १२८ मते खसेको थियो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend