काठमाडौं । बिहीबार सम्पन्न भएको बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका रामबहादुर बानियाँले अग्रता कायम राखेका छन्।
वडा नम्बर १ र १० को १४०० मत गन्दा मेयरमा बानियाँले ७२२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले ६०१ मत ल्याएका छन्। खातीभन्दा बानियाँ १२१ मतले अगाडि छन्।
यस्तै उपमेयरमा पनि एमालेकी माया खड्का कुँवरले अग्रता लिएकी छिन्। कुँवरले ७११ मत ल्याउँदा कांग्रेसकी रिता शाहीले ६२३ मत प्राप्त गरेकी छन्।
दुवै वडामा एमाले अगाडि छ। १ मा एमाले उम्मेदवारले २८७ ल्याउँदा कांग्रेस उम्मेदवारले २६२ मत पाएका छन्। यस्तै वडा १० मा एमालेको ४०५ र कांग्रेसको ३४८ मत छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।