काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिए लगत्तै कांग्रेसका केही नेताले अर्थ मन्त्रालय अब माओवादीलाई दिन नहुने लबिङ गरेका छन् ।
केन्द्रीय केन्द्रीय कार्य समिति सदस्य समेत रहेका नेताहरूले संकट उन्मुख अर्थतन्त्र जोगाउन स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् । वाग्ले हाल विश्व बैङ्कको परामर्शदाताका रूपमा कार्यरत छन् ।
योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका वाग्लेलाई अर्थमन्त्री बनाउन आयोगकै अर्का पूर्व उपाध्यक्ष समेत रहेका कांग्रेस केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले आग्रह गरेका छन् ।
शर्माको राजीनामा लगत्तै सामाजिक सञ्जालबाट पोखरेलले अर्थतन्त्रलाई संकटबाट बचाउन वाग्लेको माग गरेका हुन् । पोखरेलले भनेका छन्, ‘देशको अर्थतन्त्रलाई संकट उन्मुख हुनबाट बचाउन र दरिलो आर्थिक सुधार गरी समुन्नत देश बनाई राजनीतिक स्थिरता कायम गर्दै युवाहरूलाई उज्यालो भविष्यको भरोसा दिलाउनका लागिस्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाऔँ ।’
यस्तै आह्वान कांग्रेसका अर्का केन्द्रीय सदस्य अजय बाबु सिवाकोटीले पनि गरेका छन् । सिवाकोटीले कांग्रेस सांसदमध्येबाट अहिलेको संकट टार्न सक्ने आँट र क्षमता भएकालाई खोज्न सुझाव दिँदै सांसदबाहिर ल्याउने हो भने वाग्ले नै उपयुक्त पात्र भएको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।