बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

अर्थमन्त्रालय कांग्रेसले पाउने, यी नेताको भाग्य चम्किँदै 

अर्थमन्त्रालय कांग्रेसले पाउने, यी नेताको भाग्य चम्किँदै 

  • मिडिया डबली
  • बुधवार, आषाढ २२ २०७९

  • 16.5K
    SHARES

  • अर्थमन्त्रालय कांग्रेसले पाउने, यी नेताको भाग्य चम्किँदै 

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदबाटै राजीनामा दिएपछि अर्थमन्त्रालय कांग्रेसले पाउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री कांग्रेसबाटै बनाउनेगरी तयारी थालेका छन्। देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अर्थ मन्त्रालय कांग्रेसले लिने जनाउ दिइसकेका छन्। 

    मंगलबार साँझकै भेटमा अर्थमन्त्री शर्माले राजीनामा दिने र कांग्रेसले अर्थमन्त्री लिने सहमति भएको थियो।  अर्थमन्त्रीबाट शर्मा फिर्ता भएसँगै माओवादीले गृह मन्त्रालय दाबी गर्ने र कांग्रेसले अर्थमन्त्री लिने भद्र सहमति समेत भएको स्रोतको दाबी छ। 

    प्रधानमन्त्री देउवाले अर्थमन्त्री कांग्रेसकै तर्फबाट बनाएर बिग्रँदो अर्थतन्त्रमा सुधारको सकारात्मक सन्देश दिने प्रयास थालेका छन्। कांग्रेसबाट हुने अर्थमन्त्रीका लागि दौडधुपसमेत सुरु भइसकेको छ। अर्थमन्त्रीमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल, सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समेत दाबी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

    यता परराष्ट्रमन्त्री डा. नारायण खड्काले समेत अर्थमन्त्री बन्ने इच्छा देखाएका छन्। प्रधानमन्त्री देउवाले संकटोन्मुख अर्थतन्त्रलाई पार लगाउनेगरी अर्थ मन्त्रालयको जिम्मेवारी बदल्न खोजेकाले नयाँ बन्ने अर्थमन्त्रीका लागि चुनौती थपिने छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend