बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

स्थानीय तहमा कांग्रेसको भोटले जितेको माओवादीको प्वाँख पलायो, कांग्रेसँगको गठबन्धन तोड्ने तयारी! 

स्थानीय तहमा कांग्रेसको भोटले जितेको माओवादीको प्वाँख पलायो, कांग्रेसँगको गठबन्धन तोड्ने तयारी! 

  • मिडिया डबली
  • सोमवार, आषाढ २० २०७९

  • 4.6K
    SHARES

  • स्थानीय तहमा कांग्रेसको भोटले जितेको माओवादीको प्वाँख पलायो, कांग्रेसँगको गठबन्धन तोड्ने तयारी! 

    काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले माओवाद र संसदवाद सँगै जान नसक्ने भन्दै एकलाई छोड्नुपर्ने बताएका छन्।

    माओवादी केन्द्रको जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा बोल्दै न्यौपानेले माओवाद र संसदवादमध्ये एउटा छोड्नैपर्ने बताए।

    ष्माओवाद र संसदवादलाई सँगै लैजानु भनेको सिद्धान्तमा स्पष्ट नहुनु हो। हामीले एउटा वाद छोड्नुपर्छ,’ उनले भने,‘अब संसदवादलाई छोड्न नसक्ने होला। त्यसैले पार्टीको नाम परिवर्तन गर्नुपर्छ।’

    न्यौपानले कांग्रेससँगको गठबन्धन तोड्नुपर्ने तर्क समेत राखेका थिए। उनले वामपन्थी गठबन्धन नै उपयुक्त हुने बताए।

    ‘अहिले हामीले कांग्रेसलाई राष्ट्रवादी शक्ति भनेर हिँड्न परेको छ। डकुमेन्टमा दलाल पुँजीवादविरूद्ध लड्ने भनिएको छ तर कांग्रेससँगको सहकार्यले यो पुष्टि हुन सक्दैन,’ उनले भने,‘माथि जे भने पनि तल वामपन्थी र गैरवामपन्थी दलको नाममा भोट बाँडिन्छ। यो कुरालाई हामीले ध्यान दिन जरूरी छ।’ उनले अलग धारको निर्माण गर्नुपर्ने र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्ने समेत बताए।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend