बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन जित्न कांग्रेसले बनायो यस्तो मास्टरप्लान, कम्युनिस्टहरुको होस उड्यो

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन जित्न कांग्रेसले बनायो यस्तो मास्टरप्लान, कम्युनिस्टहरुको होस उड्यो

  • मिडिया डबली
  • बिहिवार, आषाढ १६ २०७९

  • 3.5K
    SHARES

  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन जित्न कांग्रेसले बनायो यस्तो मास्टरप्लान, कम्युनिस्टहरुको होस उड्यो
    फाइल तस्वीर

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले संसदीय निर्वाचनसम्मै गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ। स्थानीय तह निर्वाचन परिचालन समितिले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा पनि गठबन्धन कायमै राख्नुपर्ने निष्कर्ष निकालेको हो।

    उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा अधिनायकवादी प्रवृत्ति र संस्कृतिलाई परास्त गर्न गठबन्धन आवश्यक रहेको उल्लेख छ।  यस्तै गठबन्धनका बारेमा कांग्रेसभित्र कायम रहेको भ्रम र असन्तुष्टिलाई स्थानीय निर्वाचनको आलेकमा वस्तुगत समिक्षा गरेर समान धारणा बनाउनुपर्ने आवश्यक प्रतिवेदनमा खुट्याइएको छ। 

    ‘गठवन्धनको मर्म र भावनालाई मतदातासम्म पुर्याउन केन्द्रको जस्तै संयन्त्रलाई प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रसम्म तयार गर्ने,’ प्रतिवेदनमा भनिएको छ। गठबन्धन गर्दा बार्गेनिङ पावर बढाउन चुनावसँग सम्बन्धित तथ्यांक समयमै संकलन गर्नुेपर्ने आवश्यकता समितिले औलाएको छ। ‘गठबन्धनमा कांग्रेसको बार्गेनिङ शक्ति बढाउन हरेक जिल्ला र चुनाव क्षेत्रका चुनावसँग सम्बन्धित तथ्य तथ्यांकहरु समयमै संकलन गर्ने,’ प्रतिवेदनमा भनिएको छ, ‘गठबन्धन दलहरुबीच तालमेल गर्दा दलहरुले पाउने उम्मेदवारीको संख्या निर्वाचन प्रक्रिया सुरु हुनुभन्दा पहिले नै टुंगो लगाउनु पर्ने।’

    निर्वाचन घोषणा पत्र तयार गर्दा नयाँ पुस्ताका मतदातालाई आकर्षित गर्ने खालका कार्यक्रमहरु समावेश गर्नु पर्ने र प्रचार सामग्रीलाई राष्ट्रिय भाषाका साथै प्रमुख स्थानीय भाषासमेतमा प्रकाशन तथा प्रसारमा प्राथमिकता दिनुपर्ने निष्कर्ष समितिको छ। 
    यस्तै उम्मेदवारको चयन गर्दा जनतासँग प्रत्यक्ष रुपमा भिजेका लोकप्रिय, स्वच्छ छवि भएको, क्षमतावान र जनताको काममा निरन्तर खटेका व्यक्तिलाई चयन गर्दा निर्वाचन जित्न सहज हुने ठम्याइ समितिको छ।

    समितिले स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि गठित उपसमितिको प्रतिवेदनसमेतलाई समेत आधार मानेर तयार गरेको प्रतिवेदनमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीलाई १९ बुँदे सुझाव उल्लेख गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend