बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

टेलिभिजनको आडमा आङकाजी शेर्पाको कमाउधन्दा

टेलिभिजनको आडमा आङकाजी शेर्पाको कमाउधन्दा

  • मिडिया डबली
  • आइतवार, आषाढ ५ २०७९

  • 2.9K
    SHARES

  • टेलिभिजनको आडमा आङकाजी शेर्पाको कमाउधन्दा

    काठमाडौं - सोलुखुम्बुका आङकाजी शेर्पाको मेयर बन्ने सपना पूरा नभएपछि अहिले उनी नेपाली कांग्रेसका नेता तथा व्यवसायीविरुद्ध नियोजित रूपमा लागेका छन् ।

    गत स्थानीय तहको निर्वाचनमा उनी सोलुदुधकुण्ड नगरपालिकामा मेयरको उम्मेदवार बन्न चाहन्थे । तर, कांग्रेसले नाम्गेलजाङ्बु शेर्पालाई टिकट दियो । उनले जिते पनि । यसपटकको स्थानीय तहको निर्वाचनको मुखमै उनलेका कांग्रेस छाडे ।

    उनलाई एमाले प्रवेश गराउन अध्यक्ष केपी ओली सोलुखुम्बु नै पुगे । ओलीले केही कांग्रेसीलाई प्रवेश गराए । एमालेले निर्वाचनमा सोलुदुधकुण्ड नगरपालिकाको मेयरको टिकट दियो ।

    तर, चुनाव भने कांग्रेसका नाम्गेलजाङ्बु शेर्पाले नै जिते । मेयरमा निर्वाचित शेर्पा सोलुखुम्बु कांग्रेसका सभापतिसमेत हुन् । शेर्पाले एमालेका उम्मेदवार आङकाजीलाई ६ सय ७८ मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् ।

    उनले ४९ सय ६८ मत ल्याउँदा एमाले उम्मेदवार आङकाजीले ४२ सय ९० मत ल्याए । दोस्रोपटकको प्रयासमा पनि मेयर बन्न नपाएपछि आङकाजी निकै क्रुद्ध भएका छन् ।

    सोलुदूधकुण्डको मेयरको टिकट पाउनकै लागि आङकाजीले योहो टेलिभिजन सञ्चालनमा ल्याए । टेलिभिजनमा कांग्रेस निकट केही पत्रकारलाई जागिर पनि खुवाए ।

    जब टेलिभिजनमार्फत उनको गोरखधन्दाबारे पत्रकारहरूले थाहा पाए, सबैले जागिर छाडे । स्रोतका अनुसार आङकाजीले टेलिभिजन चलाउन भन्दै कांग्रेस नेता एवं व्यवसायी उमेश श्रेष्ठसँग राम्रै आर्थिक सहायता लिएका थिए ।

    कांग्रेसको जनमत बढ्ला भन्ने अपेक्षाअनुसार श्रेष्ठले लगानी पनि गरेका थिए । तर, आङकाजीको भित्री उद्देश्य भने अर्कै थियो । उनले टेलिभिजनको आडमा सीजी ग्रुपसँग रकमको बार्गेनिङ गर्न थाले । आङकाजीको यो हर्कतले कांग्रेसमा सनसनी मच्चियो ।

    आफूलाई कांग्रेस पनि भन्ने अनि ठूलै रकम माग्न थालेपछि कांग्रेस शीर्ष नेतृत्व नै उनीसँग असन्तुष्ट भएको थियो । सोलुखुम्बुमा पनि नेता बलबहादुर केसीले उनलाई मन पराउँदैनथे ।

    यही मौकामा उनी एमाले प्रवेश गरेका हुन् । यतिबेला योहो टेलिभिजनमा हरेक साता कांग्रेस नेता एवं उद्योगपति विनोद चौधरीविरुद्ध कार्यक्रम प्रसारण भइरहन्छ ।

    कहिले सिजी टेलिकम त कहिले नेटा भी विद्युतीय कारका विषयमा योहो टेलिभिजनमा कार्यक्रम प्रसारण हुन थालेको छ । जसको सञ्चालक छन्, एंकर विक्रम श्रेष्ठ । भए नभएको स्क्रिप्ट तयार पारेर श्रेष्ठले कार्यक्रम बनाउँदै कम्पनीसँग बार्गेनिङ गर्ने गरेको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ ५ २०७९०१:५२:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend