रुपन्देही । नेपाली कांग्रेस अर्घाखाँची जिल्ला समितिले स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै जिल्ला उपसभापतिसहित १० जना नेतालाई कारबाही गरेको छ । बीपी स्मृति भवन सन्धिखर्कमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेका १० जनालाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो ।
कांग्रेसले स्थानीय निर्वाचनमा अन्तर्घात गरेका पार्टीका उपसभापति बाबुराम पौडेल र पूर्वक्षेत्रीय सभापति मणिराम पौडेललाई १ वर्षका लागि निलम्बन गरेको छ । त्यस्तै पाणिनी–६,धातिवाङका सभापति मोदनाथ पौडेल, पाणिनी–८ पालिका पूर्वसभापति यज्ञप्रसाद पौडेल, भूमिकास्थानका नगरपालिका सचिव तारा घिमिरे, ढिकुराका क्षेत्रीय प्रतिनिधि गोपाल घिमिरे, विष्णु मरासिनी र हरिप्रसाद मरासिनीलाई कारबाही गरएिको कांग्रेस अर्घाखाँची स्रोतले जनाएको छ ।
महाधिवेशन प्रतिनिधि सृजना विक, पाणिनी–८ का क्षेत्रीय प्रतिनिधि अच्युत पन्थीलाई ६ महिनाका लागि निलम्बन गरिएको कांग्रेस अनुशासन समिति अर्घाखाँचीले जनाएको छ ।
स्थानीय निर्वाचनमा विभिन्न वडाबाट आएका सिफारिसको आधारमा ६ महिनादेखि १ वर्षसम्मका लागि निलम्बन गरिएको छ । कांग्रेस सभापति केशव श्रेष्ठले पार्टी हितविपरीत गएकालाई कारबाही गरिएको स्वीकार गरे । कारबाहीमा परेका उपसभापति पौडेलले आफूलाई औपचारिक जानकारी नआएको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।