बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

दार्चुलामा कांग्रेसले अचम्मै गर्यो, कम्युनिस्टहरु तीन छक्क परे! 

दार्चुलामा कांग्रेसले अचम्मै गर्यो, कम्युनिस्टहरु तीन छक्क परे! 

  • मिडिया डबली
  • सोमवार, जेठ ३० २०७९

  • 18.2K
    SHARES

  • दार्चुलामा कांग्रेसले अचम्मै गर्यो, कम्युनिस्टहरु तीन छक्क परे! 
    फाइल तस्वीर

    काठमाडौं । स्थानीय तह निर्वाचनमा दार्चुलाका स्थानीय तहको प्रमुखमा ‘क्लिन स्वीप’ भएको नेपाली कांग्रेसले जिल्ला समन्वय समिति (जिसस) को प्रमुख जितेको छ।  जिसस प्रमुखमा नेपाली कांग्रेसका महादेव बडू  र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

    दार्चुलामा सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो। जिससमा एमालेलाई हराउँदै सत्तारुढ गठबन्धनले बाजी मारेको हो।  खुला सदस्यमा गठबन्धनका खडक सिंह धामी, पुस्कर सिंह धामी र बलदेव सिंह ठगुन्ना विजयी भएका छन्। यस्तै, महिला सदस्यमा सरस्वती सार्की, गौरी टमटा र अस्मती टमटा तथा दलित सदस्यमा कमला सुनार विजयी भइन्। 

    ९ स्थानीय तह रहेको दार्चुलामा सत्तारुढ गठबन्धनसँग १० मत थियो भने नेकपा एमालेसँग ८ मत थियो। दार्चुलामा नेकपा एमालेले २ नगरपालिकामा प्रमुख उपप्रमुख दुवै, ३ मा प्रमुख मात्रै र १ मा उपप्रमुख जितेको थियो। 

    यस्तै, कांग्रेससँग चुनावी तालमेल गरेको नेकपा माओवादी केन्द्रले भागबण्डामा पाएका ४ पालिकामा प्रमुख र २  पालिकामा उपाध्यक्ष जितेको थियो।

    नेपाली कांग्रेसले भने भागबण्डामा पाएका कुनै पनि पालिका प्रमुखमा जित्न सकेको थिएन। दार्चुलाका पालिकामा प्रमुखविहीन रहेको कांग्रेसले ४ पालिकाको उपप्रमुख मात्रै जितेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend