काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकमा फेरि एकपटक माओवादी केन्द्र जिल्लाराम भएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको निर्वाचनमा कांग्रेसलाई धोका दिएर एमालेसँग घाँटी जोड्न गएको माओवादी जिल्लाराम भएको हो ।
जिसस प्रमुख पदमा नेपाली कांग्रेसका बालकृष्ण श्रेष्ठ १३ मतसहित विजयी भएका छन्। उपप्रुमखमा एकीकृत समाजवादीका पदमनाथ नेपाल निर्वाचित भएका छन्। नेपालले पनि १३ मत पाएका छन्। जिसस निर्वाचनमा कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।
एमाले–माओवादी गठबन्धनबाट प्रमुखमा उम्मेदवार बनेका माओवादीका गणेश विकले जम्मा १० मत पाए। एमाले र माओवादीको मत ११ थियो। त्यसमा पनि एमालेले माओवादीका उम्मेदवारलाई एक मत नदिएको पाइएको छ। एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेका जेपी सिलवालले पनि ११ मत मात्रै पाए।
एमाले र माओवादीले गठबन्धन गरेपछि एक मत रहेको समाजवादीले कांग्रेसँग गठबन्धन रहेको छ। कांग्रेसको १२ मत थियो भने समाजवादीको एक मत मात्रै थियो। कांग्रेससँग समाजवादीले उपप्रमुखसहित एक सदस्य मागेको थियो।
सिन्धुपाल्चोकमा कांग्रेसले पाँच स्थानीय तहमा प्रमुख जितेको छ भने सातमा उपप्रमुख जितेको छ। एमालेले तीन तहमा प्रमुख र चार तहमा उपप्रमुख जितेको छ। माओवादीले चार स्थानीय तहमा प्रमुख र समाजवादीले एक स्थानीय तहमा उपप्रमुख जितेको छ। कांग्रेस एक्लैको १२ मत र एमाले, माओवादी र समाजवादीको जोड्दा पनि १२ मत हुने भएकाले समाजवादी कांग्रेससँग मिल्न पुगेको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।