बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेसले चुनाव जित्ने, तर मिठामिठा गीत बनाउनुपर्ने!

कांग्रेसले चुनाव जित्ने, तर मिठामिठा गीत बनाउनुपर्ने!

  • मिडिया डबली
  • शनिवार, जेठ २८ २०७९

  • 4.1K
    SHARES

  • कांग्रेसले चुनाव जित्ने, तर मिठामिठा गीत बनाउनुपर्ने!
    फाइल तस्वीर

    काठमाडौं । नेपाली कांग्रेसको अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिले आगामी निर्वाचनमा तालमेल हुने अवस्थामा स्थानीय तहमा देखिएको समन्वय अभाव र उम्मेदवार चयनमा देखिएको कमजोरी सच्याउनुपर्ने सुझाव दिएको छ। 

    ‘निर्वाचन रणनीति अन्तर्गत गठबन्धन अपनाएको अवस्थामा नेपाली कांग्रेसले गरिआएको समन्वयकारी भूमिका आगामी दिनमा अझ व्यवस्थित र योजनाबद्ध ढंगले कायम राख्दै गठबन्धन हुने अवस्थामा जिल्ला तथा स्थानीय तहमा देखिएको समन्वय अभाव र उम्मेदवार चयनका सन्दर्भमा देखिएको कमजोरी सच्याउनुपर्ने,’ सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको प्रतिवेदनमा भनिएको छ। 

    उपसमितिले आसन्न संघीय र प्रादेशिक निर्वाचनमा चुनावी तालमेल गर्दा कांग्रेसले अधिकतम संख्या लिने गरी वातावरण बनाउनुका साथै तालमेल स्वाभाविक देखिने गरी उम्मेदवारी बाँडफाँट गर्नुपर्ने पनि सुझाएको छ। 

    स्थानीय तह निर्वाचनमा देखिएको उत्साहजनक नतिजालाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि कायम राख्न प्रचार–प्रसार शैलीमा आधुनिक प्रविधिको प्रयोग गर्दै पार्टीको पक्षमा माहोल सिर्जना गरेर अझ उपलब्धिमूलक बनाउन प्रयत्न गर्नुपर्ने पनि उपसमितिको निष्कर्ष छ। 

    केन्द्रीय सदस्य प्रदीप पौडेल संयोजकत्वको उपसमितिले आगामी निर्वाचनमा पार्टीको पक्षमा मतदाता आकर्षित गर्नका लागि अपनाउनुपर्ने चुनावी प्रचार शैलीको उपाय पनि सुझाएको छ। 

    चुनाव प्रचार–प्रसारका लागि रणनीति तयार गर्दा प्राविधिक ज्ञान भएका र डिजिटल दुनियाँसँग सापेक्ष हुँदै आम मानिसमा पुग्न पार्टीले गरेका राम्रा कामलाई व्यवस्थितरुपमा लोकभाका र अन्य विभिन्न भाषामा कर्णप्रिय गीत, डकुमेन्ट्री र भिडिओ कन्टेन्टका रुपमा तयार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। 

    ती प्रचार सामग्रीहरुलाई कार्यकर्तामार्फत् प्रचार गर्नुपर्ने, आम सञ्चारमाध्यमबाट सकारात्मक सन्देश दिने गरी आक्रामक शैली अपनाउनुपर्ने सुपरीवेक्षण उपसमितिको सुझाव छ। 

    ३४ बुँदे सुझावमा उपसमितिले निर्वाचनको प्रचारका क्रममा पर्टीको सवै तहका नेताले पाटीलाई क्षति नहुने गरी अभिव्यक्ति दिनुपर्नेमा जोड दिइएको छ। साथै चुनाव प्रचारका क्रममा फरक परिवेशमा गएर अभिव्यक्ति दिँदा स्थानीय नेता–कार्यकर्ताको परामर्शमा मात्रै दिन पनि सुझाइएको छ। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend