बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
आजको विशेष

गण्डागर्दी गर्ने सुनिल–अनिलको ग्याङ पक्राउ, प्रहरीले औकात देखाइदियो

गण्डागर्दी गर्ने सुनिल–अनिलको ग्याङ पक्राउ, प्रहरीले औकात देखाइदियो

  • मिडिया डबली
  • शनिवार, जेठ २८ २०७९

  • 5.9K
    SHARES

  • गण्डागर्दी गर्ने सुनिल–अनिलको ग्याङ पक्राउ, प्रहरीले औकात देखाइदियो

    काठमाडौं - महानगरीय प्रहरी वृत्त बुढानिकलण्ठले टोले गुण्डाहरू अनिल र सरोज गिरीको ‘ग्याङ’लाई पक्राउ गरेको छ ।

    ललितपुरको पाटन घर भएका अनिलको ग्याङले काठमाडौंको गल्फुटारमा रहेको रेष्टुरेन्टमा निःशुल्क खान खोज्ने, रेष्टुरेन्टका कर्मचारीलाई कुटपिट गर्ने, अपशब्द बोल्ने, ग्राहकहरूलाई कुटपिट गर्ने जस्ता हर्कत गरेपछि बुढानिलकण्ठ प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

    केही टोले गुण्डाहरू भागेका छन् । भागेकाहरूलाई प्रहरीले खोजी शुरु गरेको जनाएको छ । अनिलसहितका केही युवाहरूलाई गुण्डागर्दीको अभियोगमा पक्राउ गरेको बुढानिलकण्ठ प्रहरी प्रभागका प्रहरी निरीक्षक अनिलसिंह ठकुरीले बताएका छन् ।

    पक्राउ परेका व्यक्तिहरूका विषयमा अनुसन्धान भइरहेकाले थप बताउन नमिल्ने उनले बताए । यद्यपि, निरीक्षक ठकुरीले अपराध गर्नेहरूलाई कुनै पनि छुट नदिएर कारबाही हुने बताएका छन् ।

    काठमाडौं प्रहरी परिषर टेकुका प्रवक्ता एवम् एसपी दिनेश मैनालीले काठमाडौंमा अपराध गर्नेलाई कानूनअनुसारको हदैसम्मको कारबाही हुने चेतावनी दिए ।

    ‘अपराध गर्नेलाई कारबाही हुन्छ’, उनले भने, ‘गण्डागर्दीका नाममा सर्वसाधारणलाई दुःख दिनेमाथि प्रहरीले कुनै मोलेजा हेर्ने छैन ।’ पक्राउ परेका अनिल र सरोजको ग्याङले धेरै ठाउँमा आतंक मच्चाएको थियो ।

    यो ग्याङले अति नै गरेपछि प्रहरीले पक्राउ गरेर कारबाही थालेको छ । अनिल र सरोजको ग्याङले प्रहरी, नेता, खेलकुदका केही व्यक्तिहरूको नाम लिएर रेष्टुरेन्टमा निःशुल्क खाने धन्धा चलाउँदै आएको आरोप छ ।

    पक्राउ परेका अनिल र सरोजलाई प्रहरीले कारबाही गर्छ वा दवावमा छाड्छ हेर्न बाँकी छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह आईजीपी बनेर आएकै समयमा गल्फुटार क्षेत्रमा टोले गुण्डाहरूको आतंक मच्चिएको छ ।

    आतंक मच्चाउने टोले गुण्डाहरूको यो समूह कथित गुण्डा नाइके दावा लामा, चक्रे मिलनको समूहसँग निकट मानिन्छ । अनिलले आफूलाई मुयोथाइ एसोसिएसनको उपाध्यक्ष बताउने गरेका छन् । यो संस्थाको उपाध्यक्ष हुन् भने पनि अनिल जस्ता टोले गण्डाहरूका हर्कतले एसोसिएसनको नाक काटिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ २८ २०७९०१:३१:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend