शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

भोलिदेखि भारतलाई ३६४ मेगावाट बिजुली बेचेर दैनिक सात करोड कमाउँदै प्राधिकरण

भोलिदेखि भारतलाई ३६४ मेगावाट बिजुली बेचेर दैनिक सात करोड कमाउँदै प्राधिकरण

  • मिडिया डबली
  • बिहिवार, जेठ २६ २०७९

  • 9.7K
    SHARES

  • भोलिदेखि भारतलाई ३६४ मेगावाट बिजुली बेचेर दैनिक सात करोड कमाउँदै प्राधिकरण

    काठमाडौं - केही समयअघि भारतले ६ वटा आयोजनाबाट गरी ३६४ मेगावाट निर्यात गर्न नेपाललाई अनुमति दिएको थियो । जसअनुसार भोलि (शुक्रबार) देखि नेपाल विद्युत् प्राधिकरणले भारतलाई ३६४ मेगावाट बिजुली निर्यात गर्ने भएको छ ।

    प्राधिकरणले बिहीबार भने ३१२ मेगावाट बिजुली निर्यात गरेको र यसबाट करिब सात करोड रुपैयाँ आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

    मनसुन सुरु भएपछि दैनिक रुपमा बिजुली उत्पादन भइरहेको बताउँदै घिसिङले ट्वीट गर्दै भनेका छन्, ‘दैनिक रुपमा औसतमा सात करोड रुपैयाँको बिजुली निर्यात भइरहेको छ ।’

    नेपालले बिहीबार सात हजार ६ सय ८८ मेगावाट घण्टा (७६ लाख ८८ हजार युनिट) विद्युत बिक्री गरेको छ । भारतले सुरुमा त्रिशुली र देवीघाट (कूल ३९ मेगावाट) को बिजुली निर्यात गर्न अनुमति दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलगत्तै थप चारवटा आयोजनाबाट उत्पादित बिजुली निर्यात गर्न सहमति दिएको थियो ।

    प्राधिकरणले बिहान र बेलुकी अत्यधिक खपत हुने समय (पिक) मा कम र पिक बेगरका समयमा धेरै परिमाण विद्युत निर्यात गर्दै आएको छ । हाल जडित क्षमता २२ सय मेगावाट भए पनि कुलेखानीको एक सय चार मेगवाट भने चौबीसै घण्टा उत्पादन हुँदैन । नेपालमा हाल चौबीसै घन्टा करिब १६ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ । देशको विद्युत् खपत (पिकमा) १५५० मेगावाट छ ।

    भारतको प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेञ्ज (आईईएक्स) का हरेक १५ मिनेटको अवधिमा ९० वटा ब्लकमा बिजुली कारोबार हुने गर्छ ।

    नेपालले अधिकतम बिजुली मूल्य प्रतियुनिट १२ भारु (१९ रुपैयाँ २० पैसा), न्यूनतम २.५० भारु (४ रुपैयाँ) र औसत (क्लियरिङ प्राइस) ६.१८ भारु (९ रुपैयाँ ८८ पैसा) पाइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०८:१८:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend