काठमाडौं - पालैपालो अमूक व्यक्तिहरूलाई मन्त्री बनाउने एकीकृत समाजवादीको निर्णयप्रति एमाले नेता भीम रावलले कडा आपत्ति जनाएका छन् ।
उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै यस्ता कार्य देश, जनता र लोकतन्त्रका लागि घातक भएको दाबीसमेत गरेका छन् ।
नेता रावलले सत्ता र स्वार्थका लागि गठबन्धन गरेर नेपालका कतिपय दल र नेता निःवस्त्र्र देखिएको आक्षेप पनि लगाएका छन् । ‘अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसंग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो।
देश र जनताको निस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनु पर्छ,’ रावलले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् । एकीकृत समाजवादीले विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री, किसान श्रेष्ठलाई फिर्ता बोलाएर मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, हीराचन्द्र केसीलाई मन्त्री बनाएको छ ।
रावल एक वर्षअघिसम्म माधव नेपाल निकट नेता मानिन्थे । तर एमाले विभाजनका बेला रावलले माधव नेपालको साथ छाडेर केपी ओलीलाई साथ दिए । अहिले तिनै ओलीबाट रावल बहिष्करणमा पारिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।