काठमाडौं। मन्त्रिपरिषद हेरफेर गर्ने विषयमा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच टसलको स्थिती देखा परेको छ। मन्त्रिपरिषद्मा माओवादी केन्द्रले आफ्नो सीट संख्या कम भएको जनाएपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले अहिले भैरहेकै मन्त्रालयमा आफ्ना मन्त्रीहरु रहनु पर्ने भन्दै संख्या घटाउन नमानेको बताइएको छ । नेकपा एसले आइतबार मात्रै आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरू पठाउने निर्णय गरेको थियो ।
त्यसपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले अहिले मन्त्री भएकाहरूलाई पहिले नै ६ महिनाको लागि मात्रै पठाएको प्रतिक्रिया दिएका थिए । प्रचण्डले एसलाई हैसियतभन्दा बढी मन्त्रालय दिइएका कारण एउटा मन्त्रालय आफूले पाउनु पर्ने दाबी गरेका थिए । पछिल्लो पटक कानून मन्त्रालय पनि नेकपा एसले पाएको थियो ।
भेटघाटमा एस पार्टीका अध्यक्ष नेपालले आफूले कुनै पनि मन्त्रालय नछाड्ने बताएका थिए । प्रचण्डले आफ्ना केही नेताहरुलाई मन्त्री बनाउनु पर्ने भएकाले एउटा मन्त्रालय छाडिदिन आग्रह गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।