काठमाडौं । प्रेस काउन्सिलले नेपाल आज डटकमलाई सूचीकरणबाट हटाउने निर्णय गरेको प्रकरणमा राष्ट्रिय एकता अभियानले आपत्ति जनाएको छ। अभियानकी उपाध्यक्ष सुनिता साहले विज्ञप्ती निकालेर काउन्सिलको निर्णय प्रति आपत्ति जनाएकी हुन्। ‘प्रेस काउन्सिलले नेपाल आज डटकमका विरुद्ध गरेको कारवाहीवारे हाम्रो ध्यानाकर्षण भएको छ र सो कार्य असंबैधानिक रहेको हाम्रो ठहर छ।
कुनै संस्था वा कम्पनीको संचालक (प्राकृतिक व्यक्ति)ले अपराध गरेको ठहर भएमा समेत सो कम्पनी वा संंस्था (कृत्रिम व्यक्ति)लाई सजाय दिने कार्य संविधान र कानुनको बर्खिलाप हुनजान्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘नेपाल आजका संचालक माधवप्रसाद गुरागाईमाथी माथि पत्रकार कन्चन न्यौपाने आफुमाथि लगाएको हिंसाको आरोप हाल अदालतमा विचारधीन छ। न्यौपानेको निवेदन उपर प्रहरीले आफ्नो अनुसन्धान सकेर अदालतमा मुदा दायर गरिसकेको र अदालतले सो मुद्दामा थुनछेक बहस सकेर दुबै पक्षको साक्षीहरूको बकपत्र लिने कार्य समेत गरी सो मुद्दा अन्तिम फैसला उन्मुख छ। पत्रकार न्यौपानेले लगाएको आरोपको सत्यतथ्य छानबिन गरि गुरागाई दोषी रहेको नरहेको ठहर अदालतको अधिकारक्षेत्र भित्रको बिषय हो।’
हेर्नुहोस् विज्ञप्ती
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।