आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नारायणकाजीले भने, यो गठबन्धन संघीय निर्वाचनसम्म जान्छ

नारायणकाजीले भने, यो गठबन्धन संघीय निर्वाचनसम्म जान्छ

  • मिडिया डबली
  • मंगलवार, जेठ १० २०७९

  • 4.7K
    SHARES

  • नारायणकाजीले भने, यो गठबन्धन संघीय निर्वाचनसम्म जान्छ

    काठमाडौं - यसपटकको स्थानीय तहको निर्वाचनमा माओवादीले अपेक्षा गरिएको भन्दा माओवादी केन्द्रले बढी स्थानीय तह जितेको छ।

    जसकारण माओवादी नेता कार्यकर्ता खुसी देखिएका छन् । हिजोसम्म कांग्रेससँग गठबन्धन गर्न हुन्न भन्ने नेताहरु पनि अहिले पाँचदलीय गठबन्धनको विकल्प नरहेको बताउन थालेका छन् ।

    माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँचदलीय गठबन्धनबीच आगामी प्रदेश र संघीय संसद्को निर्वाचनमा पनि तालमेल हुने बताएका छन् ।

    स्थानीय तह निर्वाचनमा गरिएको तालमेल असफल भएको निष्कर्ष नभएको र प्रदेश र संघीय निर्वाचनसम्मै गठबन्धन दलहरूबीचको तालमेललाई निरन्तरता दिने पहिले नै निर्णय भएको बताए ।

    ‘तालमेल असफल भयो भन्ने अवस्था छैन । तर, पार्टीको औपचारिक बैठक बसेर समीक्षा गर्न बाँकी छ । समीक्षापछि तालमेल कति सफल र कति असफल भन्न सकिन्छ । यद्यपि, स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेकै बेला संघ र प्रदेशमा पनि तालमेल गर्ने कुरा भएको छ’, श्रेष्ठले भनेका छन् ।

    गठबन्धनमा रहेकै दल नेपाली कांग्रेसले पनि तालमेल सफल र परिणाम सकारात्मक आएको निष्कर्ष निकालेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको परिणामले संघ र प्रदेशको निर्वाचनमा तालमेलको आधार मजबुत बनेको पनि बताएका बेला नेता श्रेष्ठको पनि तालमेल हुन सक्ने अभिव्यक्ति सार्वजनिक भएको हो ।

    ७५३ मध्ये एमाले बलियो भएको स्थानीय तहमा मात्र गठबन्धन दलहरूबीच तालमेल भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २० २०७७१२:५६:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend